Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा फेवा फाइनान्सको शाखा विस्तार

Published on 6:09:00 PM //


घनश्याम गौतम
पोखरामा प्रधान कार्यालय रहेको फेवा फाइनान्सले सोमबार देखि गुल्मीको तम्घासमा पनि कारोबार शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ग बर्गको वित्तिय संस्थाको स्वीकृती पाएको फाइनान्सले सोमबार एकैसाथ तम्घास सहित बुटवल, ललितपुरको पाटन र झापाको दमकमा समेत शाखा विस्तार गरी सेवा सुरु गरेको फाइनान्सका नायव महाप्रवन्धक तारानाथ लम्सालले बताए । बैंकले देशका विभिन्न स्थानमा गरी १३ शाखा संचालनमा ल्याएको छ । तम्घास शाखा ९ औं शाखा भएको फाइनासन्सले जनाएको छ ।
तम्घास शाखाका प्रवन्धक कालीदास पाण्डेका अनुसार तम्घासमा संचालन भएको शाखाले स्थानीय पुंजी संकलन गरी स्थानीय स्तरमै लगानी गर्ने गरी कारोबार शुरु गरिएको छ । फाइनान्सले सामान्य बचतमा ९ देखि १० प्रतिशतसम्म र मुद्धती खातामा १३ देखि १४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने समेत पाण्डेले बताए । त्यस्तै फाइनान्सले जुनसुकै शाखाबाट पनि पैसा निकाल्न सकिने निःशुल्क एविविएस सेवा समेत उपलब्ध हुने जनाएको छ ।
तम्घासको मुख्य बजारमा संचालन गरिएको शाखाको फाइनान्सका संचालक दिलबहादुर गुरुङ्गले गरेका थिए । तम्घासमा नेपाल एसविआई बैंक, भृकुटी विकास बैंक, बैंक अफ काठमाण्डौ पछि बाहिरी जिल्लाबाट शाखा विस्तार गर्ने फाइनान्स चौथो वित्तिय संस्था हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग