Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज, कतारको चौँथो साधारण सम्पन्न (फोटो फिचर)

Published on 5:16:00 AM //


 कुमार अविरल पन्थी दोहा -
“गुल्मी सेवा समाज दोहा कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवश्यकता" भन्ने मुल नाराका साथ गुल्मी सेवा समाज दोहा कतारको चौथो साधारण सभा सम्पन्न भएको छ ।

श्री दोर्ण ब. बस्नेतको सभापतित्व तथा श्री टि. वी. कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बुद्धिजीवि, इन्जिनीयर, विभीन्न सँघसंस्थाहरुबाट पाल्नु भएका पदाधिकारीहरु, पत्रकार लगायत रोजगारीको सिलसीलामा कतारमा कार्यरत गुल्मेली तथा प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।
नेशनल स्थित ढाका रेष्टुरेन्टमा सम्पन्न सो कार्यक्रममा बिभीन्न वक्ताहरुले मनतव्य राख्नुका साथै मीनू राम पाण्डेयले देश तथा गुल्मी जिल्ला झल्कने गीत गाएर कार्यक्रमको शोभा बढाउनु भएको थियो ।

कार्यक्रममा पाल्नु भएका विभीन्न अतिथी महानुभावहरु श्री मानका टिकाराम बहुमुखी क्याम्पसको निर्माण तथा कक्षा सञ्चालनको लागि सहयोग गर्नुहुने विभीन्न व्यक्तित्व लगायत खेलकुद तथा सांस्कृतिक कार्यक्रम एवम शुभ दीपावलीको अबसरमा आयोजना गरिएको देउसी भैलो कार्यक्रमका कलाकारहरुलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो।


संस्थाका अध्यक्ष एवं सभाका सभापती बस्नेतले आफ्नो मनतव्य तथा शुभकामना व्यक्त गर्दै सभा लाई पुर्णता दिनु भएको थियो। सो साधारण सभाले पुरानो कार्य समिती बिगठन गरी नयाँ कार्य समिती गठन गरेको छ।


नयाँ कार्य समितीका पदाधीकारीको नामावली यस प्रकार छ।

अध्यक्ष श्री लक्ष्मण पौडेल, तुरांग ३  गुल्मी
प्रथम उपाध्यक्ष  श्री भरत सापकोटा, तुरांग ८ गुल्मी
द्वितीय  उपाध्यक्ष श्री बिजय बिक्रम बस्नेत, सान्तीपुर ८ गुल्मी
सचिव श्री  सुरेश बोहोरा, तुरांग ८ गुल्मी
सह-सचिव श्री लिला मणि पन्थी (कुमार अविरल), अर्खले ६ गुल्मी
कोषाध्यक्ष श्री बुद्ध पाण्डे, पौँदि अमराई गुल्मी
सह-कोषाध्यक्ष श्री झबिन्द्र आचार्य, छापहीले ४ गुल्मी
सदस्यहरु
श्री राम प्रसाद घिमिरे, बिरवास २ गुल्मी
श्री यम चन्द्र महत, तम्घास २ गुल्मी
श्री विष्णु प्रसाद पाण्डे, सिमीचौर ८ गुल्मी
श्री हिरामणि  भण्डारी, रुपाकोट ९ गुल्मी
श्री राजु पाण्डे, वडागाउँ ५ गुल्मी
श्री सन्तोष सगुन, तम्घास १ गुल्मी
श्री मित्र ब. वि.क., अर्खले ७ गुल्मी
श्री भरत गिरी, इन्द्रेगौँडा ६ गुल्मी
श्री यम ब. परियार छापहिले २ गुल्मी
श्री डिल ब. जी. सी. छापहिले २ गुल्मी
श्री गोविन्द न्यौपाने, हुँगा ९ गुल्मी

सल्लाहकारहरु
श्री द्रोण ब. बस्नेत, तुरांग ३ गुल्मी
श्री भीम तरामु, ठुलोलुम्पेक ४ गुल्मी
श्री  प्रकास पौड्याल, हरेवा ८ गुल्मी
श्री विवेक ज्ञवाली रुद्रपुर रुपन्देही
संरक्षक
श्री यज्ञ मुर्ती खरेल, बिशुखर्क ७ गुल्मी

माथिका सम्पूर्ण तस्बिरहरु दोहाबाट कुमार अविरल (लिला मणि पन्थी) ले खिचेर पठाउनुभएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग