Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेण्ट लागरे १५ घाईते

Published on 1:37:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको अर्वेनी गाविसमा विद्युतको करेण्ट लागि १५ जना घाईते भएका छन्। अर्वेनी गाविस ६ स्थित नेपाल टेलीकमको टावरमा लगेको विद्युतको थ्रिफेस तार र सोही गाउँमा वत्ति वाल्लनकालागि प्रयोग गरिएको विद्युतको तार एक आपसमा सर्ट सर्किट हुँदा ३५ घरमा मिटर वक्सहरु समेत जलेको वताइर्एको छ। विद्युतको सर्टसर्किट भएपछि घरमा वसेकाहरुको हात खुट्टामा करेण्ट लागेको हो। घाईतेहरु मध्य पाँच जनालाई उपचारकोलागि स्याङ्जाको मिर्मि स्थित स्थानीय मेडिकलमा लगिएको छ। अन्य दश जनाको अवस्था भने सामान्य रहेको अर्वेनि गाविस सचिव कृष्णप्रसाद न्यौपानेले जानकारी दिनु भएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग