Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप सञ्चालन भएपछि स्थानीयवासी हर्षित

Published on 9:16:00 PM //


पि.एम.मगर
गुल्मी यातायात व्यवसायी समितिले गुल्मीको दौघा गाविसदेखि तमघाससम्म जीप सेवा सञ्चालन गरेपछि उपभोक्ता तथा स्थानीयवासीहरु हर्षित वनेका छन्। यातायात सुचारु भएपछि यात्रा गर्न धेरै सजिलो हुनुका साथै गाउँमा उत्पादित वस्तुहरुले पनि वजार पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन्। यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै प्रत्येक दिन विहान साढे ६ वजे दौघावाट तमघासका लागि र दिउँसो ३ वजे तमघासवाट दौँघाका लागि जीप सञ्चालन हुने हुने वताईएको छ। त्यसका लागि चार वटा जीपहरुले पालैपालो सेवा दिने सहमति भएको छ। यसअघि पनि व्याक्तिगत जीपहरु सञ्चालन भईरहे पनि अहिले विधिवत रुपमा समितिद्धारा जीप सञ्चालनमा आएको कालिदास आत्रेयले बताउनुभयो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग