Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँलेद्धारा गोरेटो वाटो निर्माण

Published on 9:16:00 PM //


पि.एम.मगर
गुल्मीको अर्लाङ्गकोट गाविस वार्ड नं. ५ को ढाँडादेखि खाल्टेपानी हुँदै सिस्ने गैरासम्मको करिव ६ सय मिटर गोरेटो वाटो निर्माण कार्य आज सम्पन्न भएको छ। गाविसको आव २०६७÷६८ को अनुदान रकम ३० हजार रुपैयाँ र श्रमदान करिव २० हजार गरी ५० हजार रुपैयाँको लागतमा गोरेटो वाटो निर्माण कार्य सम्पन्न गरिएको हो। निर्माण कार्य सम्पन्न गर्नका लागि निर्माण समितिका अध्यक्ष वालकृष्ण सापकोटा, उपाध्यक्ष केहरसिँह विश्वकर्मा, सचिव प्रकास न्यौपाने, सहसचिव लिलाकान्त न्यौपाने, कोषाध्यक्ष माया सापकोटा सहितको कार्य समिति एवं स्थानीयवासीको विशेष सक्रियतामा तीन हात चौडा भएको गोरेटो वाटो निर्माण गरिएको हो। वाटो निर्माण भएपछि मानिसलाई आवतजावत गर्न र पशु चौपायाँ हिडाउन पनि सजिलो भएको उपभोक्ताहरुको भनाई छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग