Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि उपज केन्द्रको शिलान्यास

Published on 7:21:00 PM //


पि.एम.मगर
बुर्तिबाङ क्षेत्रको कृषि उपजलाई ध्यानमा राख्दै निर्माण गर्न लागिएको कृषि उपज केन्द्र बुर्तिबाङको भवन आज जिल्ला कृषि अधिकृत होमनाथ विष्टद्धारा  शिलन्यास गरिएकोे छ। उक्त भवन कृषि विकास समिति बागलुङबाट १ लाख, कृषि विभागको तर्फबाट ५ लाख, जिल्ला विकास समिति बागलुङबाट २ लाख, कृषि विकास समिति बुर्तिबाङको तर्फबाट २ लाख गरी करिव १० लाख बराबरको रकमबाट निर्माण गर्न लागिएको हो। सो अवसरमा बोल्दै जिल्ला कृषि अधिकृत होमनाथ विष्टले बुर्तिबाङ क्षेत्रमा उत्पादन भएका  कृषि उपजलाई सहजै उपभोक्ता सामु पु¥याउनको लागि यस केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने र जिल्ला कृषि विकास समितिको तर्फबाट आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको छ। बुर्तिबाङ क्षेत्रका विभिन्न बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम बुर्तिबाङ कृषि विकास समितिकी कोषाध्यक्ष कमला अर्यालको स्वागत मन्तव्य तथा गाविस सचिव नन्दराम भुसालको सञ्चालनमा सम्पन्न भएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग