Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित र माझीहरु खोलाको फोहोर पानी पिउन वाध्य

Published on 9:17:00 PM //


पि.एम.मगर
गुल्मीको वम्घा गाविस वम्घा ५ आँटीपाटाका जनता वडिघाट खोलाको फोहोर पानी पिउन वाध्य भएका छन्। गाविसको आर्थिक लगानीमा २०५१ सालमा निर्माण गरिएको धाराहरुमा पानी नै आउन छाडेपछि त्यस क्षेत्रका जनताहरु खोलाको पानी पिउन वाध्य भएका हुन्। हिउँद महिनामा वडिघाट खोलावाट पानी वोक्नु परेको नरवहादुर सुनारले गुनासो गर्नुभयो। मुहानवाट सञ्चालन भएको पानी केही व्याक्तिहरुले निजी धारा राखेपछि अहिले आफुहरुको क्षेत्रमा विछ्याईएको खाली पाईप र धारा मात्र रहेको लोकवहादुर माझीले वताउनुभयो। खानेपानीको समस्यावारे गाविसमा पटक पटक जानकारी गराउँदा पनि गाउँ परिषदवाट समेत वजेट विनियोजन नहुँदा आफुहरु समस्यामा परेको र आफुहरुको गुनासो सर्वदलीय संयन्त्रले पनि नसुन्ने गरेको आम उपभोक्ताहरुको गुनासो छ। त्यस क्षेत्रका करिव ५१ घर माझी तथा दलित परिवारले खानेपानीको समस्या झेल्दै आउनुपरेको छ त्यहाँवाट हाम्रा सहकर्मी हेम त्यागीले जानकारी दिनुभएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग