Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीमा जलेर एक महिला बेहोस, १० लाख भन्दा बढीको क्षती

Published on 1:46:00 AM //


गगनशिला खड्का
गुल्मीको नेटा गाविस वार्ड नं सातमा आगलागीमा परी एक महिला घाईते हुनुभएको छ भने करीव १० लाख बराबरको क्षती भएको छ । नेटा गाविस वार्ड नं ७ मा रहेका दिल बहादुर विक र गोरे विकको घरगोठमा भएको आगलागीमा परी दिल बहादुरकी श्रीमति ३५ वर्षिया मिना विक घाईते हुनुभएको हो । उहाँको हात, खुट्टा र पिठ्यूँको भाग जलेर अहिलेसम्म बेहोस अबस्थामा रहेको भूमेश्वर प्राविका शिक्षक तारा बहादुर विकले जानकारी दिनुभएको छ ।
दिउँसो साढे ४ बजे दिलबहादुरको घरबाट सल्केको आगोले गोरे विकको समेत गरी २ घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने नेटाको जंगलमा समेत आगो सल्किएकोले स्थानिय बासीन्दाले बुधबार रातीसम्म निभाईरहेको विकले बताउनुभयो । आगलागीबाट दिल बहादुरको एउटा बाख्रा समेत जलेको छ भने दुबै जनाको घरगोठमा रहेका अन्न, लत्ता कपडा, नगद, घाँस काठपात लगायतका सम्पूर्ण समान जलेर नष्ट भएका छन् । भर्खरै छोराको विबाहको लागी तयार पारीएको गर-गहना र नगद समेत जलेकोले ठूलो क्षती भएको स्थानिय विष्णु फुल्लेलले जानकारी दिनुभयो । घटनाको बारेमा पौँदी अमराई प्रहरीचौकी ईश्मालाई जानकारी गराईएपनि चौकी टाढा पर्ने भएकोले प्रहरी अहिलेसम्म घटनास्थलमा पुग्न सकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग