Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका अर्का एक श्रमिकले कोरियामा आत्महत्या गरे

Published on 5:14:00 PM //

रघु त्रिपाठी
गुल्मी दिगाम छ मौलिपुर निवासी २६ बर्षिय पदम पन्थले शुक्रबार बिहान आत्महत्या गरेका छन् । ईपीएस प्रणालीबाट दक्षिण कोरिया आएका पन्त इन्छनस्थित एक फुन्जन कारखानामा कार्यरत थिए । पन्तले आत्माहत्या गर्नुअगाडि चिठी लेखेर छोडेको प्रमाण प्रहरीले फेला पारेको छ । सुसाइड नोटमा अरुप्रति दोष नलगाइएको नेपाली राजदूतावासले जनाएको छ ।
पत्रमा  पन्थले बैंकमा रहेको ४६ लाख वन आफ्नो परिवारलाई पाठाइदिन अनुरोध गर्दै आफ्नो बैंकको पासवर्ड लेखेर छोडेका छन् । उनले साथीभाइको ब्यवहारबाट भने मन दुःखेको पत्रमा उल्लेख गरेका छन् । बेला-बेलामा कम्पनीका साहूले गर्ने दुव्र्यवहार र तनाबका बारेमा  पन्थले कुरा गर्ने गरेको उनका नजिकका साथीहरु बताउँछन् । पत्रमा भने यी कुरा पन्तले खुलाएका छैनन् । नेपाली दूतावासका सहचारी तुलशी कोइरालाका अनुसार दूतावासले मृतकका घरपरिवारसँग सम्पर्क गरिसकेको छ । शव नेपाल पठाइदिन प्रक्रियागत पत्रसमेत आइसकेकाले  पन्थको शव सोमबार वा मंगलबारसम्ममा नेपाल पठाइने बताउनुभयो ।
 प्रहरी प्रतिवेदमा  पन्थको मृत्यु अन्य कारणले नभई आत्महत्या नै भएकोले पोष्टमार्टम गरिरहनु नपर्ने जनाइएको छ । नेपाली दूतावास स्थापना भएपछि ३६ जना नेपालीको कम्पनी दुर्घटना, आत्महत्या, तथा अन्य कारणले मृत्यु भइसकेको छ । मृतकका परिवार तथा आफन्तले पटकपटक शल्यपरीक्षण गर्न माग गरे पनि दूतावासले प्रहरी प्रतिवेदनलाई आधार मानेर पीडितका मागलाई बेवास्ता गर्दै आएको छ ।
 कोरियामा कामको दौरानमा आएका श्रमिकले आत्महत्या गर्ने थुप्रै कारणमध्ये सोचेजस्तो काम नहुने, कामको कुनै सुनिश्चितता नहुने, कामको अत्यधिक चाप, साहूहरुको अमानवीय व्यवहार अथवा परिवारिक विछोडका कारण उत्पन्न डिप्रेसन प्रमुख देखिएका छन् । यस्तो अवस्थामा कतैबाट बाँच्ने हौसला र सद्‌भाव नपाएपछि थुप्रै प्रवासी श्रमिक डिप्रेसनको सिकार भई आत्माहत्या गर्ने क्रम दिनदिनै बढ्दै गएको छ । पन्तले पनि डिप्रेसनका कारणले आत्महत्या गरेको हुन सक्ने बुझिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग