Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकहरुविच हात हालाहाल, गुरु कि गोरु ?

Published on 9:19:00 PM //


पि.एम.मगर
एसएलसी परिक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष तोक्ने बिषयमा शिक्षकहरु बीच आज बागलुङमा हात हालाहाल भएको छ। परिक्षालाई मर्यादित रुपमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्ष तोक्ने बिषयमा राजनितिक भागबण्डा मिलाउने क्रममा दुई शिक्षक संगठनका नेता बीच हात हालाहाल भएको हो।
जिल्ला शिक्षा कार्यालयमा भएको छलफलमा नेपाल राष्ट्रिय शिक्षक संगठनका सल्लाहकार थानेन्द्र गौतमले शिक्षक संघ संगठनको हैसियत अनुसार केन्द्राध्यक्ष तोक्नुपर्ने बताएपछि अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष फणिन्द्र खड्काले गौतमलाई लाठ्ठी प्रहार गर्नुभएको थियो। अध्यक्ष खड्काले लाठ्ठी प्रहार गरेपछि कार्यालय परिसर केहीबेर तनाव ग्रस्त बनेको थियो । आगामी चैत्र ७ गतेबाट सञ्चालन हुन गईरहेको एसएलसी परिक्षाको २९ जना केन्द्राध्यक्ष छनौटका लागि शिक्षक संगठनबीच छलफल भईरहेका बेला गौतममाथि खड्काले हातपात गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अनन्त खड्काले बताउनुभयो। तर अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष फणिन्द्र खड्काले भने छलफलका क्रममा केही चर्काचर्की भएको स्वीकार गरेपनि आफुले कसैमाथि हातपात नगरेको दाबी गर्नुभयो । यता नेपाल शिक्षक युनियन बागलुङका सचिव समेत रहनुभएका गौतम माथि हातपात भएको जिल्ला शिक्षा कार्यालयले पनि स्वीकार गरेको छ। जिल्ला शिक्षा कार्यायलमा भएको घटना दुःखद भएको भन्दै जिल्ला शिक्षा अधिकारी हरि गौतमले बिवाद सल्टाउने बिषयमा पहल भइरहेको बताउनुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग