Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पास्थित माओवादी नेताहरु बस्ने भवनमा बम बिष्फोट, पश्चिमाञ्चल एफएम पूर्णरुपमा क्षति

Published on 4:46:00 PM //

पश्चिमाञ्चल एफएम पूर्णरुपमा क्षति


टेकनारायण भट्टराई, 
पाल्पास्थित माओवादी नेताहरु बस्ने निवासमा बम बिष्फोट भएको छ। तानसेन कैलाशनगर-७, स्थित माओवादी सचिव नेत्र पाण्डेको कोठामा विष्फोट भएको प्रहरीले जनाएको छ। सोही भवनमा माओवादीद्वार नै सञ्चालित पश्चिमाञ्चल एफएमको प्रसारण केन्द्र रहेको छ।  
  बिष्फोटका कारण ४ वटा कोठाका झ्याल, ढोका तथा रेडियोका उपकरण पूर्णरुपमा ध्वस्त भएको छ। उपकरण ध्वस्त भएपछि प्रसारणसमेत बन्द भएको छ। 


पाण्डेको कोठासँगै जिल्ला इन्जार्च वसन्त शर्माको कोठा भएकोमा उनले विष्फोट हुनेबित्तिकै आफू तल भागेको बताए। 'बिष्फोटको ठूलो आवाज आयो,' जिल्ला इन्चार्ज शर्माले भने, 'विष्फोट लगत्तै म तल भाग्न सफल भए र जोगिए।
बिष्फोटका कारण सँगै रहेका तीनटा घरमा क्षति पुगेको छ। विद्युतीय उपकरण लगायतका सामानमा क्षति भएको हो।


बम विष्फोट हुँदा रेडियोका तीन जना कर्मचारीले छतबाट हाम फालेर ज्यान बचायो। बम कसले र किन बिष्फोट गराइएकोबारे अनुसन्धान भइरहेको पाल्पाका डिएसपी मीना चैधरीले नागरिकलाई बताए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग