Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई छोरीसहित आमाद्वारा आगो लगाइ आत्महत्या (भिडियो समाचार)

Published on 6:05:00 PM //

कास्कीको लेखनाथ नगरपालिका–८ शिशुवा चोलीमाटीमा एउटी आमाले दुइ छोरीलाई संगै सुताएर आगो लगाउदा दुइ छोरी सहित उनको पनि मृत्यु भएको छ। राती करिब ३ बजे भएको घटनामा ३५ बर्षीय आमा सिता ओझा र १३ बर्षीय जेठी छोरी सिमाना ओझाको घटनास्थलमै मृत्यु भएको थियो। आठ बर्षीय कान्छी छोरी स्वष्तिकाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। घटनाको प्रकृति हेर्दा आमाले दुई छोरीलाई सँंगै सुताएर निदाएपछि सिरकमा मट्टितेल खन्याएर आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ। घटना हुँदा सिताका पति शिव कोठामा एक्लै सुतेका थिए भने सिता दुई छोरी सहित पसल भएको सटरमा सुतेकी थिइन्। प्रहरीले पति शिव ओझालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। स्रोत: एभिन्युज टि.भी

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग