Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालबोध निमाबिको ५३ औँ जन्मोत्सब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ती (फोटोहरु)

Published on 5:15:00 PM //

तेजेन्द्र थापा
गत बुधवार श्री बालबोध नि.मा.बि. हर्राचौर-४ झारखर्कको ५३ औँ जन्मोत्सव तथा बिजुला थापा स्मृति र गौरी बलाल स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । बिद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष श्री भानुभक्त सुबेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि गुल्मी क्षेत्र न. १ का सभासद श्री सुदर्शन बलाल हुनुहुन्थ्यो । सो अवसरमा बिद्यालयले विभिन्न शैक्षिक, प्रतियोगितात्मक तथा मनोरन्जनात्मक आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै सभाषद बलालले आफुले सब भन्दा पहिले यहि बिद्यालयबाट अक्षर चिनेको बताउँदै सो विद्यालयको भौतिक बिकासको लागि आफुले सक्दो सहयोग गर्दै आएको र आउँदा दिनहरुमा पनि हर सम्भब प्रयत्न गर्ने बताउनु भएको थियो । यसैगरी विद्यालयका प्राचार्य श्री डिल्लीराज गौतमले विद्यालयको बार्षिक आय-व्यय प्रस्तुत गर्नु भएको थियो भने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भानुभक्त सुबेदीले विद्यालयको हालको अबस्थाको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा गत बर्ष बिद्यालयबाट सर्बोकृष्ट अंक ल्याई पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाइ जनही रु. १५००, १००० र ५०० का साथै कदर-पत्र सहित बिजुला थापा स्मृति पुरस्कार वितरण गरियो । सो पुरस्कार बिजुला थापा स्मृति पुरस्कारका सँस्थापक श्री तेजेन्द्र थापाले वितरण गर्नु भयो । सो पुरस्कार हाल शान्तिपुर-१ निवासी तेजेन्द्र थापाले आफ्नी स्वर्गीय आमा बिजुला थापाको स्मृतिमा स्थापना गर्नु भएको हो । थापाले आफु जन्मेको ठाउँ र आफुले पहिलो अक्षर चिनेको बिद्यालय भएकोले र आफ्नी ममतामयी आमाको स्मृतिमा २०५८ सालमा सो पुरस्कारको स्थापना गर्नुभएको थियो । २०५८ साला देखी निरन्तर प्रदान गरिँदै आएको उक्त पुरस्कार यसपाली कृष्ण बहादुर खत्री (पहिलो), रचना सुबेदी (दोश्रो) र संगीता कुँवर (तेश्रो) ले प्राप्त गर्नु भयो ।
यसैगरी सोही अवसरमा गौरी बलाल स्मृति पुरस्कार पनि वितरण गरिएको थियो । सो पुरस्कारको स्थापना सभाषद सुदर्शन बलालकी ममतामयी आमा तथा भानुभक्त बलालकी धर्म पत्नी गौरी बलालको स्मृतिमा स्थापना गरिएको हो । सो पुरस्कार बिद्यालयबाट सर्बोकृष्ट अंक ल्याउने जनजाती बाट १ जना दलितबाट १ जना र अनुशासित १ जनालाई यहि बर्ष बाट प्रदान गर्न थालिएको छ । अहिले सो पुरस्कार प्राप्त गर्ने जनजातीबाट सपना रेश्मी, दलितबाट दिलिप बि .क. र अनुशासनको फूलमाया गुरुंगले प्राप्त गर्नु भयो । सो पुरस्कार श्री भानुभक्त बलालले वितरण गर्नु भएको थियो ।





0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग