Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुडिरहेको कारबाट हाम्फाल्दा अमेरिकामा एक नेपालीको मृत्यु

Published on 11:14:00 AM //

अमेरिकास्थित सिकागोको आमोड सहरमा गुड्दै गरेको कारबाट हामफालेर एक नेपालीको मृत्यु भएको छ। विगत दश वर्षदेखि सिकागोमा बस्दै आएका दिनेश श्रेष्ठ (अमात्य) ले हामफालेका थिए। सो गाडी उनको श्रीमतीले चलाएकी थिइन्।

श्रेष्ठले श्रीमतीसँग केही कुरामा विवाद भएपछि कारबाट हामफालेको बुझिइएको छ। उनीहरूबीच के विषयमा विवाद भएको हो थाहा हुन सकेको छैन।

श्रेष्ठलाई घाइते हुनासाथ सेन्ट मार्गरेट अस्पतालमा लगिएको र पछि एडभोकेट क्राइस्ट मेडिकल सेन्टरमा हस्तान्तरण गरी उपचारका क्रममा नै त्यहाँ उनको मृत्यु भएको थियो।

उनको अन्तिम संस्कार उनकी श्रीमतीले गरेको उनको पारिवारिक स्रोतले जनाएको छ। श्रेष्ठको नेपालमा जेठी श्रीमती र दुई छोरा पनि छन्। रासस

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग