Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बसाई बिदेशमा, सहयोग गाउँमा

Published on 11:09:00 PM //

रामकोट प्राबीबाट सम्मान थाप्दै धर्म भण्डारी । 
बसाई बिदेशमा, परिवार बिदेशमा, जागिर अनी ब्यवसाय पनि बिदेशमा । फिन्ल्यान्डको पिआर, गाउँ छोडेको बर्षौँ भईसक्यो । तर पनि आफु जन्मे-हुर्केको गाउँ ठाँउको माया रत्तिभर कम भएको छैन रैछ  । हो, यही कुरा प्रमाणित गरेका छन गुल्मी रुपाकोट स्थाई घर भई थुप्रै बर्ष देखी फिन्ल्यान्डमा बसोबास गर्दै आएका सहयोगी मनहरुले । बिगत लामो समय देखी फिन्ल्यान्डमा जागिर र ब्यवसाय गर्दै आएका रुपाकोट ९ का धर्म भण्डारी र शंकर भण्डारीले आफु जन्मे हुर्केको ठाउँको बिद्यालयहरुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उँहाहरुले रुपाकोट स्थित श्री हिराभवन प्रावी, रुपकोटकै वार्ड नं. ९ मा अवस्थित रामकोट प्राबी र तुराङ १ मजुवा स्थित श्री ज्ञानोदय उच्च माबीलाई सहयोग रकम प्रदान गर्नुभएको हो । उहाँहरुले केही साता अघी आफुहरु नेपाल गएको अवसर पारेर बिद्यालयलाई सहयोग गरेको धर्म भण्डारीले जानकारी गराउनुभयो ।
शंकर भण्डारी 
रुपाकोट दमुकामा स्थानिय स्तरमा सन्चालित रामकोट प्राबिमा नयाँ कक्षाकोठा थप्न शंकर भण्डारीले नगद रु. ७५,००० र फर्निचरको लागि धर्म भण्डारीले नगद रु. ५०,००० प्रदान गर्नु भएको थियो भने आगामी दिनमा पनि रकम अपुग भएमा आफुहरु सहयोग गर्न सदैब तयार रहेको शंकर भण्डारीले बताउनु भयो । शंकर भण्डारीले यसका अलावा रुपाकोट एकलेपिपलमा अवस्थित हिराभवन प्राबिलाई रु. ११,१११ र छिमेकी गाविस तुराङ स्थित मजुवामा रहेको श्री ज्ञानोदय उच्च माबिलाई नगद रु. ३०,५०५ सहयोग प्रदान गर्नुभएको थियो । धर्म भण्डारी लामो समय देखी फिन्ल्यान्डमा रेस्टुरेन्ट ब्यवसाय सन्चालन गर्दै आउनुभएको छ भने शंकर भण्डारी झन्डै एक दशक देखी फिन्ल्यान्डको राजधानी हेल्सिन्किमा कार्यरत हुनुहुन्छ ।    



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग