Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला प्रशासनमा पत्रकारहरुको बैठक, सहकर्मी हत्या बिरोधमा धर्ना

Published on 6:10:00 PM //

शिबलाल सुबेदी
नेपाल पत्रकार महासघं गुल्मीले आफ्नो बैठक जिल्ला प्रशासन कार्यलय गुल्मीमा बिहीबार सम्पन्न गरेको छ ।
झापामा कार्यरत पत्रकार यादव पौडेलको हत्या भएकाले आफुहरु असुरक्षित भएको भन्दै पत्रकार महासघंको कार्यलयमा बैठक नबसी जिल्ला प्रशासन कार्यलयमा बसेको हो । एभिन्युज टेलिभिजनका झापा सम्पाददाता पत्रकार यादव पौडेलको हत्याको विरोध गर्दै आफुहरु असुरक्षित भएकाले सुरक्षाको माग गर्न जिल्ला प्रशासन कार्यलय गुल्मीमा धर्नामा बसेका पत्रकारहरुले सरकारलाई दवाव दिन भन्दै नेपाल पत्रकार महांसघ गुल्मीको बैठक प्रशासन कार्यलय गुल्मी अगाडि बसेको हो । पत्रकार हत्याको बिरोधमा नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतमले घटनाको निन्दा तथा भ्रत्सना गदै २४ घण्टा बित्दा समेत पत्रकार पौडेलका हत्यारा पक्राउ गरि सार्वजनिक नगरेकाले राज्यले जनताहरुलाई सुरक्षा दिन नसकेको बताएका थिए । साथै राज्यले झापाका पत्रकार यादव पौडेलका हत्यारा पक्राउ गरि तत्काल सार्वजनिक नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गदै पत्रकारहरुले कडा आन्दोलन गर्ने समेत महासघं गुल्मीका अध्यक्ष गौतमले चेतावनी दिएका थिए ।
त्यस्तै नेपाल प्रेस युनियन गुल्मीले पनि झापाका पत्रकार यादव पौडेलको हत्याको बिरोध गदै जिल्ला प्रशासन कार्यलय गुल्मीको परिसरमा बिरोध तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बिरोध तथा श्रद्धाञ्जली सभामा प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमीरेले घटनाको निन्दा तथा भ्रत्सना गर्दै दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका थिए । उनले निर्धारित समयमै संविधान जारी गर्न र संविधानमै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको ग्यारेन्टीको गर्न समेत सरकारसगँ माग गरेका थिए । साथै उनले देशको वर्तमान शान्ति अवस्था निरीह रहेको बताएका थिए । जिल्ला क्रियाशिल सम्पूर्ण पत्रकारहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा जिल्ला प्रशासन कार्यलयमा सरकारसगँ आफुहरुको सुरक्षाको माग गर्दै धर्ना समेत दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग