Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर-टहरा भत्काउने सरकारी निर्णयप्रती स्थानियको विरोध

Published on 1:45:00 AM //


नारायण प्रभात
सडक ऐन नियमावली अनुसार सडक विभागले आफ्नो कार्य शुरु गर्न लाग्दा सडक छेउछाउ रहेका गुल्मी जिल्लाका स्थानीयवासी तथा उपभोक्ताहरुले भने विभागको उक्त कार्यप्रति ध्यानाकर्षण भएको बताएका छन्। सडक विस्तार कार्यक्रम अन्तर्गत तानसेन, रिडी, तमघास सडक खण्डमा पर्ने घर टहरा भत्काउने संवन्धि पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. ३ पाल्पाद्धारा प्रकाशित ३० दिने सार्वजनिक सुचनाप्रति ध्यानाकर्षण भएको उनीहरुले वताएका हुन्। घर टहरा बचाउँ संघर्ष समितिको गठन गरि उक्त कार्य योजनाप्रति गम्भिर भएर लाग्न उनीहरुले सरकारलाई आग्रह समेत गरेका छन्।
समितिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै सडक ऐन नियमावलीमा जे जस्तो भएता पनि नागरिकको सुसूचित हुने अधिकारको समेत वेवास्ता गदै अचानक सडक डिभिजन कार्यालयले पत्रिकामा घर टहरा भत्काउने सुचना प्रकाशित गर्नु असान्दर्भिक र अव्यवहारिक भएको वताएका छन्। समितिका अध्यक्ष देवनारायण ज्ञवाली र सचिव विरवहादुर थापाद्धारा संयुक्तरुपमा हस्ताक्षरित ज्ञापन पत्रमा सडक विभागले गर्न लागेको सडक विस्तार कार्यको कुनै विरोध नभई हाम्रो जस्तो ग्रामिण क्षेत्रमा १५÷१५ मिटर सडक चौडा राख्नु अधिकतम हुने हुँदा यसलाई व्यवहारिक रुपमा न्यूनिकरण गर्दै लाभ लागत विश्लेषण गरी, न्यूनतम क्षति र उक्त क्षतिको स्थानीय मुल्याङ्कनको आधारमा मुआव्जा दिने व्यवस्था गरेर मात्र योजना सञ्चालन गर्नका लागि अनुरोध समेत गरिएको छ।

ज्ञापन पत्रमा यस सडक खण्डमा निर्मित प्रायः सवै घर टहरा तथा भौतिक संरचनाहरु ऋाफ्नै जग्गाधनी प्रमाणपुर्जा अन्तगरगतकै जमिनमा निर्माण गरिएको उल्लेख छ। जनभावनाको वेवास्ता गरी जनआक्रोस वढाउने कार्य सञ्चालन गर्ने चेष्टा गरिएमा सशक्त आन्दोलनमा उत्रिने समेत ज्ञापन पत्रमार्फत चेतावनी दिईएको छ। उक्त ज्ञापन पत्र सडक विभाग काठमाण्डौ र पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. ३ पाल्पालाई पनि वोधार्थ पठाईएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग