Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ हजार नहुँदा बालिका मृत्यु शैयामा छटपटाउँदै

Published on 2:17:00 PM //


गगनशिला खड्का
भीरबाट लडेर गंभिर घाईते भएकी एक बालिका अस्पतालको बेडमा छटपटाईरहेकी छिन । डोजरले मोटरबाटो खनेको हेर्न दौडेर जाँदै गर्दा डरलाग्दो भीर सहितको छाँगोबाट खसेर गंभिर घाईते भएकी प्युठान बांगे गाविसकी ६ वर्षीय बालिका विमला पुन १२ दिन देखी जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु शैयामा छटपटाईरहेकी छिन । गरिब परिवारमा जन्मिएकी उनलाई घर परिवारले पैसा नह“दा उपचार गराउन सकेको छैन । ‘छोरी १२ दिन देखी बेहोस अवस्थामै छिन’, वुवा चन्द्र बहादुरले भने, ‘छोरी भीरबाट लडे देखि अहिलेसम्म होस आएन दुई दिनसम्म गाउँभरी  ऋण खोज्दा १५ सय रुपैयाँ जुटाएर जनतन जिल्ला अस्पतालमा ल्याएर चेक गराए ।’
टाउकोको भित्री भागमा गंभिर असर परेको भन्दै डाक्टरले यहाँ उपचार गर्न सकिदैन छोरीलाई तुरुन्तै भैरहवा लैजान भनेपछि म अल्लनमल्लमा परेको बताउँदै मेरो साथमा एक सय रुपैयाँ मात्र थियो, भैरहवा पुर्याउन मात्रै ६ हजार रुपैयाँ लाग्ने भनेपछि म निकै चिन्तित भए । गरिबीका कारण अचेत अवस्थामा रहेकी छोरीको पीरले जीवनमा निकै दुःखी बनाएको गुनासो गरे । ‘मेरो छोरीको उपचार गर्न लैजान ६ हजार पैसा कहाँबाट जुटाऔ अस्पतालमा भेटिएका सित माग्दा कसैले दिएनन’, उनले भने, ‘लैजान मात्रै ६ हजार खर्च लाग्ने भएपनि उपचार गर्दाखेरी खर्च कति लाग्ला भन्ने मलाई थाहा छैन ।’ पहिलो दिनमै भैरहवा लैजान भनेपछि तल्काल खल्तीमा ६ हजार रुपैँया नहुँदा अस्पतालकै बेडमा पल्टिरहेकी विमला १२ दिनसम्म उनी होसमा आउने र जाने गर्छिन । अर्घाखाँचीको गोखुगां गाविसको विडडा“डा देखी प्युठानको वांगे गाविससम्म जोडने मोटरबाटो डोजरले खन्दै गरेको हेर्न गाउँका साथीहरुसँगै दौडदै जाँदा घर नजिकैको डरलाग्दो भीरको छा“गोबाट खस्न पुगिन ।
छाँगाबाट करिब ३ सय मिटर तल खसेपछि अहिलेसम्म उनी बेहोस छिन । ‘डाक्टरले विमलाको टाउ“को भित्र गंभिर असर पुगेको छ यहाँ उपचार हुन सक्दैन भनेपछि पैसा भएन’, उनले भने, ‘अहिले पनि छोरी मृत्यु शैयामा छिन ।’ छोरीको उपचार खर्च कसैले दिए मेरो लागि भगवान आए जस्तै हुने आशामा बुवा चन्द्र बहादुर छन । ५ छोराछोरी मध्ये विमला उनकी कान्छी छोरी हुन । गरिबीका कारण उनी मृत्यु शैयामा छटपटाईरहेकी विमलालाई अस्पतालको वेडको छेउमै कुरेर बसेका उनले भने, ‘गरिब भएपछि उपचार नपाएर जीउदै मरिदो रहेछ भन्थे साच्चै रैछ ।’ उनलाई आफनो जग्गा कति छ भन्ने समेत थाहा छैन ।
‘मेरो जग्गा कति रोपनी छ मलाई थाहा छैन, ६ माना मकैको बीउ लाग्छ भन्ने मात्र थाहा छ’, उनले भने, ‘७ जनाको परिवारको लागि ३ महिनालाई मात्र खान पुग्छ ।’ अरु महिना गाउ“मा काम गरेर पेट पालेको बताए । ‘विहान बेलुका छाक टार्नको लागि खर्च जुटाउ“दा हालसम्म ९० हजार रुपैया“ ऋण लागेको छ, मेरो जीवनमा त्यति पैसा कमाउन सक्छु जस्तो लाग्दैन’, उनले भने, ‘म पनि रोगी छु’ । अल्गो डाँडोमा खरले छाएको सानो झुपडीमा बस्दै आएका छन । ‘२१ वर्षको उमेरमा भारतमा नोकरी गर्दा जन्डिस भयो काम गर्न नसक्ने भएपछि मालिकले घर पठाईदियो राम्ररी उपचार गर्न सकिन त्यो रोगले अहिलेसम्म सताएको छ, राम्ररी काम गर्न सक्दिन, एक पैसा छैन’, उनले दुःख देखाउँदै भने, ‘छोरीलाई कसरी उपचार गरु ।’
जिल्ला अस्पताल सन्धिखर्कको वेडमा पल्टिरहेकी विमलाको केही सुधार आएजस्तो आभास भएपनि १२ दिनसम्म खासै सुधार नभएको चिकित्सको भनाई छ । तत्काल निको भएजस्तो भएपनि बाहिर नलगिएमा पछि असर नराम्रो हुने अस्पतालले जनाएको छ । यहाँ उपचार गर्न नसक्ने विरामीलाई राखिराख्दा अप्ठयारो भएको अस्पतालले जनाएको छ । ‘टाउकोमा गंभिर चोट लागेकाले सिटीस्क्यान गनुपर्छ, जुन यहा“ संभव छैन’, जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले भने, ‘सामान्य नदुख्ने औषधि मात्र खुवाएका छौ, पैसा छैन भनेर लैजान मानेनन के गर्ने विमलालाई आजसम्म भगवानले बचाईदिएका छन भोली के हुने हो भन्न सकिदैन ।’ टाउको भित्र दिमागमा गंभिर असर परेकाले १ देखि २ लाख रुपैयाँ खर्च लाग्न सक्ने डा. वाग्लेले बताए । आर्थिक अभाव देखाएपछि अस्पतालले औषधी लगायतका सबै खर्च निशुल्क दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग