Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारी कर्मचारीहरूको लागी मानवअधिकार तालिम

Published on 3:42:00 AM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालयका गुल्मीको आयोजनामा ०६८ चैत २६ र २७ गते सञ्चालित जिल्लाका सरकारी कर्मचारीहरूलाई मानवअधिकार प्रशिक्षण कार्यक्रम ०६८ चैत २७ गते सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले मानवअधिकारका प्रावधानहरूबारे सरकारी निकायका कर्मचारीहरूलाई अनिवार्य जानकारी हुनुपर्ने र सोही अनुसार आम नागरिकहरूलाई सेवा प्रवाह गर्नु पर्ने धारणा राख्दै यो तालिमले जिल्लाका सरकारी कर्मचारीहरूको बिचमा मानवअधिकारबारे समान बुझाईको विकास गरेको विश्वास व्यक्त गरे ।

तालिममा इन्सेक क्षेत्रीय कार्यालयका कार्यक्रम संयोजक गणेश श्रेष्ठले मानवअधिकारको परिभाषा, नेपालको मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, संक्रमणकालिन न्याय र सुशासन सम्बन्धी विषयमा, सहायक प्रमुख जिल्ला अधिकारी बाबुरामले महिला अधिकार, प्रस्ताव १३३५ र १८२० सम्बन्धी नेपालको राष्ट्रिय कार्ययोजना साथै नागरिक समाजका पदमप्रसाद पाण्डेले संयुक्त राष्ट्रसंघ र मानवअधिकार विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा सहभागी महिलाहरूको तर्फबाट जिल्ला प्रशासन कार्यालयका शोभा कार्कीले सिकाईलाई व्यक्तिगत जीवनको व्यवहारमा लागु गर्ने र सेवा प्रभाव गर्दा पछाडि पारिएको वर्ग र समुदायलाई प्राथमिकतामा पार्ने धारणा राखिन् । अर्का सहभागी जिल्ला विकास समितिका ऋषिराम पोखरेलले मानवअधिकार संस्कृति निर्माण र सामाजिक न्यायकोलागि कार्यस्थलललाई उपयोग गर्ने धारणा राखे ।

विभिन्न सरकारी कार्यालयका ८ जना महिलासहित २६ जनाको सहभागिता रहेको कार्यक्रममा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालको अध्यक्षता, इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीको सञ्चालन र सहजकर्ता शान्ता पोखरेलले स्वागत मन्तव्य राखे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग