Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अलपत्र रेसुङ्गा विमानस्थलले पूर्णता पाउने(रे)

Published on 10:17:00 PM //

सीता भण्डारी
लामो समयदेखि अलपत्र अवस्थामा रहेको गुल्मीको सिमीचौर स्थित निमार्णधिन रेसुङ्गा बिमानस्थलले अव छिट्टै पुर्णता पाउने भएको छ । निर्माण समितिले समय दिन नसकेको भन्दै लामो समयदेखि निर्माण कार्य अलपत्र वनेको उक्त निर्माणाधिन विमान स्थलप्रति जिल्लाका राजनीतिक दलहरुले चासो देखाएपछि यसले पुर्णता पाउने भएको छ । जिल्लामा रहेका बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरुले मगंलवार छलफल गदै निमार्णधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थलको निर्माण कार्य प्रभावकारी रुपवाट अगाडी वढाउन जिल्ला स्तरीय निर्माण समिति गठन गरि बिमानस्थलको निमार्णकार्य तत्काल शुरु गर्ने बताएका छन। बिगत केहीबर्ष देखि बिमानस्थल निमार्णकार्य रोकिरहेकाले यसलाई पुर्णता दिनुपर्ने भन्दै चाडै नै जिल्ला स्तरीय निमार्ण समिती गठन गर्न लागेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बोम बहादुर खड्काले जानकारी दिएका छन ।
बुधबार नै जिल्ला स्तरिय बिमानस्थल निमार्ण समिती गठन गर्ने गरि सहमती भएको छ खड्काले भने । छलफलमा एकीकृत नेकपा माओवादी राज्य समिति सदस्य वुद्धि जिसी, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी तथा अन्य सरोकारवालाको समेत सहभागीता रहेको थियो ।

यो भिडियो पनि हेरौँ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग