Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षीत बेरोजगारहरु फोटोग्राफीमा अकर्षण

Published on 8:02:00 PM //


भरत पाण्डे
औपचारिक शिक्षा भन्ने हो भने स्नाकोत्तर गरेको तर रोजगारी छैन। गुल्मीको वस्तु १ का वावुराम पन्थी रोजगारीका लागि फोटोग्राफी तालिममा लागेका छन्।

त्यस्तै स्नातक अध्ययनरत दिव्रुङ्गका घनश्याम खरेल र कक्षा १२ मा अध्ययनरत जैसीथोककी प्रतिक्षा घर्ति मगर पनि फोटो ग्राफी तालिम लिएर सजिलै रोजगार पाउने अपेक्षा राखेका छन्। जताततै वेरोजगारीको समस्याको प्रतिनिधीमुलक पात्र मात्र हुन उनीहरु। समाजमा उनीहरु जस्ता थुप्रै शिक्षित युवाहरु रहेका छन्। आजदेखि गुल्मीको सदरमुकाम तमघासमा खुलिरहेको ३० दिने निशुल्क फोटोग्राफी तालिममा सहभागीको यस्तै गुनासा थिए पढेर के गर्नु रोजगार पाईदैन।

व्यवसायिक सिप विकास केन्द्र वुटवलको आर्थिक सहयोगमा जनविकास केन्द्र गुल्मीले आयोजना गरेको फोटोग्राफी तालिममा अधिकाँश शिक्षित तर वेरोजगार युवाहरु रहेका छन्। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले पनि सिप सिकेर स्वरोजगार वन्न प्रेरित गर्नुभयो। गुल्मीमा व्यवसायिक फोटोग्राफीको अभाव आफुले देखेको भन्दै अर्यालले फोटोहरु विग्रेर फोटो सहितको राहदानी एमआरपी वनाउन नागरिकहरुले आठ महिनासम्म ठुलो सास्ती खेप्नुपरेको वताउनुभयो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग