Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्मोहीका नयाँ कथा

Published on 8:01:00 PM //


सरकार विरोधी गतिविधिका सूचना, अपराध लगायत अनुसन्धानमा सधैं क्रियाशील एक कर्मचारीले फुर्सदको समय सदुपयोग गर्दै पुस्तक प्रकाशन गरेका छन् । राष्ट्रिय अनुसन्धान कार्यालयका शुक्रराज केसी (दीप खड्का निर्मोही) ले लेखेको 'नर्कको स्वर्ण पदक' कथासंग्रह शनिबार गुल्मीका प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले सार्वजनिक गरे । खड्काको यो चौथो कृति हो ।
कार्यक्रममा साहित्यकार दीन पन्थीले खड्काको कृति पाठकका लागि उत्कृष्ट र लेखकका लागि सुधारोन्मुख भएको बताए । संग्रहमा ६ कथा छन् ।  केही कथा पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग