Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सोमबार पनि गुल्मीमा आगलागी, ५ वटा घरगोठ जलेर नष्ट

Published on 8:05:00 PM //


जनार्दन घिमिरे
गुल्मीको ठूलोलुम्पेक गाविसमा आज विहान भएको आगलागीबाट दुईवटा घर र तीनवटा गोठ जलेर नष्ट भएका छन् । ठुलोलुम्पेकको वडा नंबर ८ चेमीमा रहेको क्षेत्रबहादुर कुँवर, वलीराम कुँवर र जमुना कुँवरका घरगोठ जलेका हुन् ।

विहान नौ बजे वलीराम कुँवरको भान्साकोठावाट सल्केको आगोले घर र गोठमा रहेका अन्नपात तथा लत्ताकपडा र कागजपत्रहरु जलेको स्थानीय हेमन्त कुँवरले जानकारी दिनुभयो ।

आगलागीमा परी एउटा भैसी र दुईवटा पाडी समेत घाईते भएका छन् । आगो स्थानीयवासीहरुको सहयोगमा तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । घरगोठ जलेपछि पीडितहरुले छिमेकीको घरमा आश्रय लिएका छन् ।
यस अघी हिजो मात्रै गुल्मीकै अर्खलेमा लिच्छिवीकालीन शैलीमा निर्मित ऐतिहाँसिक झझल्को दिने एक घर र संगै रहेको गोठ जलेर नष्ट हुँदा २२ लाख वरावरको क्षति भएको थियो । वर्षौ पुरानो कलात्मक शैलीमा निर्मित अर्खले गाविस वार्ड नं. ८ भाडगाउँ निवासी स्वर्गीय डा. टिकाराम पन्थीको उक्त घर र गोठ समेत जल्दा सो मुल्य वरावरको क्षति भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग