Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा नेपाली एकता समाज युएईको दोस्रो राष्ट्रिय भेला हुने

Published on 9:19:00 AM //


लालबहादुर ढेंगा, दुबई, युएई
आगामी २० अप्रिल २०१२ शुक्रबारका दिन दुबईमा नयां वर्ष २०६९ को शुभकामना आदानप्रदानसंगै नेपाली एकता समाज युएईको दोस्रो राष्ट्रिय भेला सम्पन्न हुने भएकोछ । २०६८ लाई बिदाई गर्दै नयां बर्षको उपलक्ष्यमा गरिन लागेको दोस्रो राष्ट्रिय भेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।
सन् १९९८ मा स्थापना भएको नेपाली एकता समाजले युएईस्थित रहेका विभिन्न सामाजिक संघ संस्थाहरु र नेपाली राजनीतिक भातृसंगठनहरुसँग सहकार्य गर्दै आएको छ भने युएईस्थित आपतविपतमा परेका प्रवासी नेपालीहरुको उद्धार पनि गर्दै आएको छ । युएईमा दोस्रो राष्ट्रिय सम्मेलनपछि यो दोस्रो राष्ट्रिय भेला गरिन लागेको हो ।
उक्त भेला युएईका विभिन्न संघ संस्थाहरु र राजनीतिक भातृसंगठनहरुको आतित्थ्यता र सर्वसाधारणहरुको बृहत् भेलामा हुने अध्यक्ष मानबहादुर थापाले जानकारी दिएको छ । यसै समाचारलाई आधार मानेर उपस्थित हुनका लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह समेत गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग