Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलामाथि सामूहिक बलात्कार

Published on 9:29:00 AM //


कञ्चनपुरको दक्षिणी विकट क्षेत्र रैकवार विचवामा एक महिलामाथि गएराति सामूहिक बलात्कार भएको छ ।

विवाह गर्न भनेर रैकवार विचवा-३ का टेकबहादुर खड्काले ल्याएकी महिलालाई हतियार देखाएर स्थानीय चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय, रैकवारले जनाएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी उनको परिचय खुल्न सकेको छैन ।

प्रहरीले अनुसन्धानका लागि टेकबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाएको छ । बलात्कारमा संलग्न भएको आशङ्का गरिएका चारजना घटनापछि फरार रहेको र उनीहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

बलात्कार भएकी भनिएकी महिलासमेत मदिराको नसामा रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बलराम विष्टले बलात्कृत भएको भनिएकी महिलाको स्वास्थ्य परीक्षणपछि मात्र यकिनसाथ भन्न सकिने बताउनुभयो । रासस



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग