Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपन्न बोटे र कुमाल समुदायका बालबालिकाबाट भर्ना अभियान

Published on 2:51:00 AM //


घनश्याम गौतम
शिक्षा कार्यालयले माझी, बोटे र कुमाल समुदाय रहेको विपन्न बस्ती बम्घाको बोटेगाउँबाट बुधवार देखि भर्ना अभियान शुरु गरेको छ ।
कार्यालयले विद्यालय नआउने र आएपनि बिचैमा छोड्ने प्रबृत्ति बढी रहेको समुदायलाई विद्यालयमा जाने र टिकाई राख्ने गरी अभियान शुरु गरिएको जनाएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालका अनुसार बम्घाको १, २ र ५ वार्ड जिल्लाकै बढी बोटे, माझी र कुमाल समुदाय रहेको बस्ती हो । १ सय भन्दा बढी बोटे माझी समुदाय रहेको बम्घाको बोटेगाउँका २ सय बढी ५ देखि ८ वर्षउमेरका बालबालिका विद्यालय भन्दा बाहिरै छन् ।
बोटेगाउूका विद्यालय नजाने र गएरपनि विचैमा छोड्ने गरेका बालबालिकालाई शिक्षा अधिकारी अर्यालले प्रति विद्यार्थी ९ सय रुपैंया मुल्य बराबरको विद्यालय सामाग्री, झोला, बेल्ट, र्टाई लगायतका सामाग्री सहित झण्डै १ सय विद्यार्थीलाई विद्यालयमा भर्नाका लागि स्वागत गरेका थिए । कार्यालयले बोटे समुदायका विद्यार्थी आर्कषित गर्न छात्रबृत्ति वापत आएको रकमबाट बालबालिकाका लागि सामाग्री खरिद गरिएको जनाएको छ । सामाग्री वितरणका अवसरमा बोटेगाउूको लक्ष्मी प्राविमा गाउूका बोटे, माझी समुदायका अधिकांश अभिभावकहरु समेत उपस्थित भएका थिए ।
अब मैले तिनवटै छोराछोरीलाई नियमित विद्यालय पठाउूछु’, बम्घा-१ का धनराज बोटेले भने, कापी किताव किनेर पठायो छोराछोरीले च्यातेर फाल्ने र फेरी किन्ने पैसा नहुने गरेकाले पठाउून सकेको थिएन ।’ धनराजले विद्यालयमा आफ्नै पढ्ने कापी किताबसंगै खाजाको समेत व्यवस्था भएमा छोराछोरी विद्यालयमै नियमित बस्न सजिलो पर्ने बताए ।
शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालका अनुसार जिल्लाभर ५ देखि ९ वर्षउमेर समुहका ४४ हजार ८ सय ९१ बालबालिका छन् ।
ति मध्ये २ हजार २ सय बालबालिका अझै पनि विद्यालय पुग्न नसकेको अर्यालले बताए । यस वर्षो भर्ना अभियान जिल्लाभर ति बालबालिकामा केन्द्रित रहेर अभियान संचालन गरिएको जिशिअ अर्यालले बताए ।
बुधवार बम्घाको लक्ष्मी प्रावि र जनज्योति प्राविबाट शुरु गरिएको भर्ना अभियान विपन्न समुदाय रहेको सबै समुदाय र विद्यालयस्तरमा पुर्‍याउन र प्रभावकारी बनाउन शिक्षा कार्यालयका विद्यालय निरिक्षक, स्रोत व्यक्ति, शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई निर्देन गरिएको साथै अभिभावक, संचारकर्मी एवं सरोकारवालाई आग्रह गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग