Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सबै उल्टै उल्टो भईरा'छ

Published on 2:28:00 AM //



-रामु गैरे 
अर्घाखाँची, चिउरामाटी


जन्मँदा खेरी भन्थे रे पण्डितले
यो बालक धेरै भाग्यमानी हुन्छ भनेर
न्वारान गराउँदा भन्थे रे
देश बिदेशमा राम्रो नाम कमाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा'छ

भात खुवाउँदा भन्थे रे
कति सन्तोष भएर हाँसिरहेको छ
यसको जीवनमा सदैब हाँसो छाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा'छ

३-४ कक्षामा हुँदा शिक्षकले भन्थे
तिमीले माथिसम्म पढेर
ठुलो नाम कमाउँनेछौ भन्थे
के को होस् सबै उल्टै उल्टो भईरा'छ


छ सात क्लासमा हुँदा शिशकले भन्थे रामु
तिमीलाई तिम्रो दाजु भाउजुको धेरै सहयोग पाई
धेरै माथि सम्म अध्ययन गर्ने छौ
के को होस् सबै उल्टै उल्टो भईरा'छ

हात हेराउँदा जोतिषले भन्थे
तिमीलाई बिदेशको योग छैन
परिवार सँगै आफ्नै देशमा काम गर्छौ
के को होस् सबै उल्टै उल्टो भईरा'छ

-हाल अरबको खाडी मुलुक
दुबइ   

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग