Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बोल्न लजाउँछन् राजेश र करिश्मा

Published on 10:02:00 PM //


नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली सिनेमा उद्योगमा चलेको जोडी हो । यी दुईजनाले कुनै समय नेपाली सिनेमा क्षेत्रमा धुम नै मच्चाएका थिए । उनीहरुले अभिनय गरेको सिनेमाले व्यवसायिक रुपमा सफलता पनि पाएको थियो । यसैले दुई कलाकारको सम्बन्ध एक आपसमा घनिष्ठ होला भन्ने धेरैको अनुमान हुनसक्छ ।

तर सोचेको जस्तो छैन राजेश र करिश्माको सम्बन्ध । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर सँगै भेट्दा बोल्दैनन् । छायाँकनको क्रममा झनै यी दुईले बोलेको त के मुस्कुराएको हेर्न समेत गाह्रो पर्छ । नायक हमाल र नायिका मानन्धरको यो व्यवहार अचम्म खालको नै छ ।

हुन त यी दुईबीच बोलचाल नै नभएको भने होईन । राजेश र करिश्माबीच सम्बन्ध बिग्रिएको छैन । तर पनि अधिकांश सार्वजनिक कार्यक्रममा सँगै देखिए भने यी दुई एक अर्कासँग बोल्न लजाउँछन् । यदि स्टेजमा बोल्नु पर्यो भने एकले अर्काको नाम लिन पनि भुलेको पाइंदैन । तर पनि यी दुई सँगै भए भने बोल्न भने आनाकानी गर्छन् ।

आखिर राजेश र करिश्माबीच यस्तो सम्वन्ध किन छ, यो उनीहरुलाई नै थाहा होला ? तर, पनि उनीहरु एक अर्कासँग बोल्न किन यति गाह्रो मान्छन् यो भने बुझि नसक्नु छ ।

अन्लाईनखबर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग