Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो गुल्मी तेस्रो बर्षमा

Published on 1:55:00 PM //


अनिल खत्री
गुल्मी मिडिया प्रा लिद्धारा संञ्चालित रेडियो गुल्मी ९१.२ मेगाहर्ज दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको छ ।
सुचना मनोरञ्जन यो जगतको आवाज परिर्वतनको सम्बाहक भन्ने नाराका साथ सञ्चातिल रेडियो गुल्मी २०६७ साल बैसाख १ गते नयाँ बर्षको अबसरको पारि आफनो परिक्षण प्रसारण सुरु गरेको थियो । गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारमा आफनो स्टेशन रहेको रेडियो टाबर गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गा डाडामा रहेको छ । यस रेडियोले छोटो समयमा लोक प्रिय कार्यक्रम सहित प्रत्येक घण्टा घण्टामा गुल्मी न्यूज र दैनिकरुपमा १८ घण्टा नियमित प्रसारण गर्दै स्रोताको माग अनुरुप यस क्षेत्रमा पहिलो रेडियोको रुपमा २४ सै घण्टा आफना लोकप्रिय कार्यक्रम सहित जनतामाझ प्रसारण गदै आएको छ ।
ग्रामिण भेगमा रहेका बस्ती बस्तीमा आफनो प्रसारण गर्दै आएको रेडियो गुल्मी गुल्मी जिल्लाका बिभिन्न गाबिस लगायत नेपालका ५३ जिल्ला भन्दा बढी लगायत भारतको केहि भागमा समेत यो रेडियो सुन्न सकिन्छ भने त्यस्तै इन्टरनेट मार्फत पनि यो रेडियो संसार भर सुन्न सकिन्छ । हाल यो रेडियोका ३५ लाख भन्दा बढी स्रोत रहेका छन ।
आफनो सफलता पुर्बक दोस्रो बर्ष पुरा गरि तेस्रो बर्ष प्रबेशको अबसरमा रेडियोको हाल रहेको टावरमा प्रबिधिक समस्या आएकोले रेडियोले लगतै प्रबिधि सुधार गर्ने क्रममा लागी रहेको छ । यस रेडियोको दोस्रो बर्ष पुरा गरि तेस्रो बर्ष प्रबेसको अबसरमा प्रा लि का अध्यक्ष अर्जुन प्रसाद आचार्यले रेडियोलाई सहयोग गर्ने शेयर सदस्य बिज्ञापन दाता कर्मचारि स्रोता सबैलाई हार्दिक मंगलमय शुभकामना साथै आगामी दिनहरुमा पनि यहाहरुको अझ बढी सहयोग सुझब सल्लाहको अपेक्षा रहेको बताउनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग