Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालिकालाई मुटु रोग, सहयोगको याचना

Published on 8:00:00 PM //

गगनशिला खड्का
गुल्मी १२ बैशाख । प्यूठान स्याउलीवाङकी एक वालीकाको मुटु रोगको उपचारका लागि आर्थिक समस्या भएको छ । सदरमुकामदेखि १७ कोष टाढा पर्ने स्याउलीवाङ ५ निवासी अस्मिता घर्तिलाई उपचारको लागि आर्थिक समस्या भएको हो । आर्थिक हिसावले बिपन्न गरिव परिवारकी ७ वर्षिय वालीकाकालाई मुटु सम्बन्धि रोग लागेको छ । मुटु रोगी वालीकाको मुटुको भल्व फेर्नको लागि लाखौ रुपैयाँ लाग्नेभएपछि परिवार चिन्तित बनेका छन् ।
छोरीलाई उपचारको लागि आर्थिक संकलनका लागि गाउँ गाउँ र ठाउँ ठाउँमा पुगे पनि आर्थिक जुटाउन समस्या भएको उहाँका बुवा दुर्गा बहादुर घर्तिले गुनासो गर्नुभयो । तैपनि उहाँ आर्थिक सकंलन जुटाउने आशमा सहयोगको याचना गर्दै गुल्मी,प्युठान लगायतका छिमेकी जिल्लामा हारगुहार गर्दै बिभीन्न ठाउँमा जान भने छोड्नुभएको छैन । लुम्बिनी अंचल अस्पतालमा उपचार गराइरहनुभएकी उहाँलाई थप उपचार र अप्रेशनका लागि गंगालाल हृदय केन्द्र बाँसावारी काठमाण्डौमा रिफर गरिएपछि आर्थिक जुटाउन गरिव परिवारलाई अफ्ठ्यारो परेको छ ।
बालीकाको उपचारको लागि १३ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएको बुवा दुर्गा बहादुर घर्तिले बताउनुभयो । प्यूठानमा स्थायी बसोवास भएका बिरामी बालिकाका बुवा दुर्गाबहादुर र आमा लालमतिले हाल गुल्मीको सदरमुकाम तम्घासमा ज्याला मजदुरीको काम गर्दै आउनुभएको छ । वालीकालाई थप उपचारका लागि सहयोग जुटाउन भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठान र गाविसको सिफारिस लिएर ज्याला मजदुरीको काम छोडी सहयोग उठाउँदै भोकभोकै गाउँ गाउँ र शरहका गल्लि चाहानु उहाँहरुको दैनिकि बनेको छ ।
बोल्दा प्रस्ट बोल्ने, निर्दोष अनुहार भएकी मगर जातकी वालीका भन्छीन “वुवा आमाले भनेको मलाई मुटु रोग लाग्या छरे पैसा सहयोग दिनुहोला ।” आफूलाई कस्तो रोग लागेको भन्ने ज्ञान नभएकी उनले अहिले रेसुङ्गा माध्यामिक विद्यालय तम्घास गुल्मीमा नर्सरीमा पढ्दै छिन । पढेर ठुलो मान्छे बन्ने चाहना भएकी बालीकालाई आर्थिक सहयोग नजुट्दासम्म उपचार मा पनि ढिलाई हुने वालीकाको आमा लालमति घर्तिले बताउनुभयो । दुई सन्तानी आमा उहाँका अर्का एक छोरा पनि हुनुहुन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग