Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'टङ किस'मा दर्शकको हुटिङ

Published on 9:43:00 AM //




डब्बु क्षेत्री
काठमाडौं, ११ वैशाख
पछिल्लो समय नेपाली सिनेमामा अभिनेता अभिनेत्रीबीच चुम्बन र यौनजन्य दृश्यले निकै स्थान पाउने गरेको छ । यस्तै, चलचित्र 'एटीएम'मा पनि अभिनेता दिनेश थापा र अभिनेत्री सविना कार्कीले दुई मिनट लामो सशक्त चुम्बन -हट किस)को दृश्य दिएका छन् ।
राजधानीको मिन भवनस्थित एक क्याफेमा आइतबार दिउँसो यो दृश्यको छायांकन गरिएको थियो । चुम्बन दृश्यका लागि गरिएको अभ्यासमा अभिनेता दिनेशले अभिनेत्री सविनालाई केहीबेर ओठमा ओठ जोडेर चुम्बन गरेपछि सिनेमा हेर्न आएका दर्शकले हुटिङ गरे । त्यसपछि सविना केहीबेरसम्म निकै लज्जित भइन् ।
दर्शकले आफ्नो मोबाइलबाट यी जोडीको 'किस सिन' खिच्न थालेपछि अभिनेता र अभिनेत्री दुवैले आपत्ति जनाए । सुटिङ हेर्न आएका दर्शकलाई सुटिङ युनिटका तर्फाट हटाइएपछि बल्ल यी जोडी चुम्बन दृश्य दिन तयार भए । तथापि, उनीहरूको चुम्बन दृश्य सुटिङ युनिटका कलाकार प्राविधिकले समेत मोबाइलबाट खिच्न बाँकी राखेका थिएनन् । तर, आफूहरूको चुम्बन दृश्यको तस्बिरलाई जोकोहीले पनि दुरुपयोग गर्ने चिन्ता यी कलाकारले व्यक्त गरेपछि सुटिङ युनिटका कलाकार प्राविधिकलाई समेत त्यो दृश्य मोबाइलमा खिच्न रोक लगाइयो । त्यसपछि बल्ल यी जोडी चुम्बनका लागि तयार भएका थिए ।
सिनेमामा करिब दुई मिनेट राखिने त्यो चुम्बन लिन उनीहरूले सुरुमा चार टेक लगाए । जब दुवैजना चुम्बनको दृश्यमा डुब्न थाले । त्यसपछि उनीहरूले आफ्ना अगाडि भएको क्यामेरालाई समेत बिर्सेंर मदहोसd हुँदै एकासपमा चुम्बन गरिरहे । 'टङ किस' भनेर परिभाषित गरिएको दुई मिनट लामो सो चुम्बनपछि निर्देशकले कटभन्दा उत्तेजनाले दिनेश र सविना रातो भएका थिए ।
चलचित्रको दृश्यअनुसार एकटा क्याफेमा सविना आइसक्रिम खाँदै हुन्छिन् । त्यो आइसक्रिमको थोपा सविनाको वक्षस्थलमा चुहिन्छ । त्यो दृश्य देखेर उत्तेजित भएका दिनेशले वक्षस्थलको त्यो आइसक्रिम नै चाट्न बाँकी राख्दैनन् ।
सोही झोकमा सविनाले दिनेशको गुप्तांगमा प्रहार गर्छिन् । दुखाइले केही क्षण मुर्छित भएर पछि सविनामाथि दिनेश जाइ लाग्छन् । त्यसपछि सविनालाई समातेर उनको मुखमा आफ्नो मुख गाड्दै दुई मिनेटसम्म 'टङ किस' गर्छन् ।  
छायांकनमा रहेको चलचित्र 'एटीएम' यौन समस्याले ग्रस्त व्यक्तिहरूको पीडामा आधारित रहेको यसका निर्माता कुस्मिला बुढाथोकीको कथन छ ।
युवतीलाई देखेपछि अभिनेता उत्तेजित हुने र यौनजन्य क्रियाकलाप गर्न पछि नपर्ने चरित्र दिनेश थापाले यो फिल्ममा निर्वाह गरेका छन् । सोही क्रममा अभिनेत्री सविनालाई उनले 'टङ किस' गर्न बाँकी नराखेको दृश्यको छायांकन गरिएको यसका निर्देशक यादव सिलवालले बताए ।
दुलही रानीबाट नेपाली फिल्ममा डेब्य गरेकी सविनाले सो चुम्बनबारे भनिन्, 'सिनेमामा मेरो यो पहिलो चुम्बन हो । त्यसैले सुरुमा 'किस सिन' दिनका लागि केहीबेर 'नर्भस' भएँ । तर, पछि सुटिङ हेर्न आएकालाई हटाएपछि भने गाह्रो परेन ।' सो दृश्यमा आफू सविना नभएर सिनेमाको चरित्रमा डुबेकाले 'टङ किस' दिन गाह्रो नपरेको उनले प्रकाश पारिन् ।
सविनाजस्तै दिनेश थापालाई पनि यो दृश्य दिन केही गाह्रो भयो । यसअघि मिस्टर डन, मस्तीजस्ता फिल्ममा सामान्य चुम्बनको दृश्य आफूले दिए पनि यसरी 'टङ किस' भने बल्ल गरेको अभिनेता थापाले प्रकाश पारे ।
आफूले छायांकन गरेको सो दृश्य नेपाली फिल्ममा अहिलेसम्मकै उत्तेजक भएको दाबी सो फिल्मका छायांकर रत्न कार्कीले गरे ।
राजधानी दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग