Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यो यात्रुबाहक बस हो कि कुखुराको दाना राख्ने गोदाम ? (फोटोहरु)

Published on 9:19:00 PM //

तेजेन्द्र थापा 
तस्बिर आफै बोल्छ  हेर्नुहोस माथिको तस्बिर । यात्रुलाई सेवा दिने ब्यबसाय भन्दै रटान छाँट्ने बस ब्यबसायीहरु ! के यहि हो यात्रुलाई सेवा दिएको ? यही हो त तपाईंहरुले भने जस्तै सर्भसुलभ र आरामदायी यात्रा ? के सेवा दिने भन्दैमा मनपरी गर्न पाइन्छ ? माथि तस्बिरमा तपाईंले देख्नु भएको एक यात्रुबाहक बस हो जुन गुल्मीको शान्तिपुर भेकमा चल्छ । यो मात्रै होइन शान्तिपुर र बुर्तिबांग भेकमा चल्ने बस सबैको यहि अवस्था छ । जोखि युक्त बाटो त्यसमाथी पनि ओभरलोड नै हुने गरी लादिएको छ कुखुराको दाना । छतमा मात्र होइन तल मान्छे बस्ने सिटमा अनी मान्छे छिर्न नसक्ने गरि खाँदिएको छ कुखुराको दाना । बल्ल बल्ल भित्र छिरेर के गर्नु कुखुराको दाना गनाएर बसी सक्नु हुदैन । आँफै अनुमान लगाउनुस् बाटोको धुलो र कुखुराको दानाको गन्धले यात्रुको हालत के होला ? वाक्दा वाक्दै प्राण मात्रै पुर्याउन बाध्य छन् गन्तव्यमा यात्रुहरु । यस तर्फ सम्बन्धित निकायले ध्यान गएको खोइ ? कहिले सम्म यस्तो यात्रा गर्न बाध्य हुने यस भेकका जनताहरु ?




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग