Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धमाधम वन्दको घोषणा, सर्वसाधारणलाई सधैको सास्ती

Published on 6:38:00 PM //


रेडियो रेसुङ्गा
संबिधान जारी गर्ने अन्तिम तीथि जेष्ठ १४ नजिकिदै जादा देशभरी बिभिन्न संघ संगठनले बन्द कार्यक्रम धमाधम घोषणा गर्न थालेका छन। यसरी बन्द कार्यक्रम घोषणाले सर्बसाधारणको दैनिक जनजिबन कष्टकर हुनुका साथै संबिधान बनाउने काम समेत प्रभाबित हुने देखिएको छ। बैशाख महिनाको सुरुवातमै ३ गते राष्ट्रिय जनमुक्ती पार्टीले संघियता सहीतको संबिधान जारी हुनुपर्ने भन्दै ३ दिने नेपाल बन्दको आब्हान गरेको थियो। तर पछी एक दिनमै आश्वासन पछी बन्द कार्यक्रम फिर्ता लिएको थियो।
त्यस्तै १२ गते आज आदिवासी जनजाति महासंघले जातीय पहिचान सहितको संघीयता र तोकिएको समयमै संबिधानको माग गर्दै तराइ बन्दको आह्वान गरेको थियो। घोषित बन्द कार्यक्रम अनुसार बैशाख १५ गते नेपाल भुमिहिन सुकुम्बासी संगठनले, ब्राम्हण समाज नेपालले जातीय निरपेक्ष संघिय राज्य निमार्ण गर्नुपर्ने सहीतका आधा दर्जन माग राख्दै बैशाख १६ मा पश्चिम क्षेत्र र २२ मा नेपाल बन्द घोषणा गरेको छ। समाजले पाच बटै बिकास क्षेत्रमा फरक फरक दिन बन्द आह्वान गरेको छ। बैशाख ३१ गते मधेसी जनअधिकार फोरम नेपालले सरकारले सहमती कार्यान्वय नगरेको भन्दै मधेश बन्द घोषणा गरेको छ।
बैशाख महिनामा मात्रै घोषित बन्द कार्यक्रम आधा दर्जन भन्दा बढी भैसकेका छन भने अझै कति संघ संगठनले आप्mनो माग तेस्र्याउदै राज्यलाई दवाब दिन बन्दका कार्यक्रम घोषणा गर्ने हुन त्यो भने हेर्न बाकी छ। उता राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रका लागी नेपालको बिकसित जिल्लामा गनिने रुपन्देहीमा बर्ष २०६८ मा मात्रै बिभिन्न राजनैतिक दल र तिनका भातृ संघ संगठन लगायतले २१ दिन बन्द गरेका छन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग