Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्यावसायिक तरकारी खेतीप्रति युवा आकर्षित

Published on 6:41:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको अति बिकट गाविस मानिने क्षेत्र नं. १ को बिशुखर्क गाविसका युवाहरु ब्यावसायीक तरकारी खेतीप्रति आर्कषित भएका छन। बेरोजगारीको निकास बैदेशिक रोजगार मात्रै हो भन्ने सोचलाई गतल साबित गर्दै त्यहाँका युवाहरु आफ्नै माटोमा खनि खोस्री गरेरै स्वरोजगार बन्न सकिन्छ भन्ने उद्धेश्यका साथ लागी परेका हुन। पछिल्लो चरण त्यहाँका युवाहरुले टमाटर, बन्दा, काउली, अदुवा, बेसार, लसुन लगायतको खेतीलाई ब्यावसायिक र बजारिकरण गर्न थालेका छन। लसुन र आलु उत्पादनमा अग्रस्थानमा रहेको सो गा.वि.समा बिगतमा उत्पादित ति बस्तु घरयासी प्रयोजनका लागी मात्रै सिमित थिए। बजारीकरण गर्न थालेपछि कृषकहरु ब्यावसायीक बन्न थालेको स्थानिय कृषक कृष्णप्रसाद गौतमले बताउनुभयो।
एक डेढ लाख खर्च गरेर विदेश गएपनि जाँदा लागेको ऋण तिर्न मात्र ठिक्क भएको तर त्यहा गर्ने दुःख गाउँमै गर्न सके विदेश जान नपर्ने विदेश गएर फर्किनुभएका बिशुखर्क – ३ का रनबहादुर पुनले वताउनुभयो। परम्परागत खेतीबाट भने निर्वाह मात्रै चल्ने भन्दै उहाँले आम्दानीका लागी आधुनिक र ब्यावसायीक खेती र पशुपालन गर्नुपर्ने र आधारभुत तालिम पनि लिनुपर्ने वताउनुभयो। पहिलो पटक त्यस गा.वि.समा गतिशिल जनचेतना अभियान–गुल्मीले युवा तथा खेलकुद मन्त्रालय, युवा कार्यक्रम शाखाबाट युवा साझेदारी कार्यक्रम अन्तरगत ब्यावसायिक तरकारी खेती सम्बधी कार्यक्रम सञ्चालन गरेपछि त्यहाँका युवाहरु थप प्रोत्साहित भएका छन।
वाड नं. १ का लक्ष्मण खत्रीले बुटवलममा देखेकै भरमा सुरु गरेको च्याउ खेतीले त्यहाँका युवाहरुलाई आर्कषित पारेको वताउनुभयो। पौरख गर्न चाहानेलाई यही नै विदेश हुने भरत सावतले वताउनुभयो। सो संस्थाको ब्यावसायीक खेतीमा युवा विषयक परियोजनाको उद्घाटन तथा परिचयातमक गोष्ठीमा सहभागी बिशुखर्क–३ की सुमित्रा क्षेत्रीले युवाहरुलाई विदेश हाईन, गाउँमै रोजगारीको माध्यम खोज्न लागी परेको बताउनुभयो।
संस्थाको कार्यक्रम अन्तरगत कृषकहरुलाई ब्यावसायीक तरकारी खेती सम्बन्धी प्राबिधिक तालिम, उन्नत जतको बिउ बिजन बितरण गरिनुका साथै बजार ब्यवस्थापन समैतको ब्यावस्था गरिने गतिशिल जनचेतना अभियान–गुल्मीका अध्यक्ष युवराज खत्रीले बताउनुभयो। विकासको दृष्टीले पछाडी परेको बिशुखर्क गाविसबाट सुरु गरिएको यस कार्यक्रमलाई क्रमशः अन्य गाविसहरुमा पनि बिस्तार गरिने उहाँले वताउनुभयो। संस्थाको कार्यक्रम अन्तरगत त्यस गाविसमा युवा कृषि सञ्जाल गठन कार्य शुरु गरिएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग