Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी धुर्कोट रजस्थलमा पनि आगलागी, १ घर २ गोठ जले

Published on 10:18:00 AM //

गुल्मीको धुर्कोट रजस्थलमा गए राती लागेको आगोबाट १ घर र २ गोठ जलेर नष्ट भएका छन । हिजो राती करिब ११ बजे धुर्कोट रजस्थल ४ स्थित अैट बहादुर नेपालीको घरमा बालेको टुकीबाट सल्केको आगोले नेपालीको घर गोठ र छिमेकी लोक बहादुर नेपालीको गोठ जल्दा करीब ३ लाख बराबरको धनमालको क्षती भएको छ । स्थानिय छिमेकी हरुको सहयोगमा आज बिहान करिब २ बजे तिर आगो निभाईको थियो । आगलिबाट मानबीय क्षती नभएपनी घर-गोठका साथै घर भित्र रहेका धनमाल जलेर नष्ट भएका छन । यसअघि गत आईतवार र सोमबार पनि गुल्मीकै अर्खले र ठुलोलुम्पेकमा आगलागी हुँदा ३ वटा घर र ४ वटा गोठ जलेर नष्ट भएका थिए ।    

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग