Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकको पेशागत बिकास गर्न ५ दिने टि.पि.डि तालिम सम्पन्न

Published on 9:48:00 PM //


शिक्षकको पेशागत बिकास गर्न वामी सा्रेत केन्द्रद्धारा सञ्चालित प्रा.बि. स्तरको ५ दिने टि.पि.डि को दोस्रो समुहको तालिम वामी टक्सारमा सम्पन्नभएको छ ।
सम्पन्न तालिममा सहभागिको तर्फबाट बोल्दै शिक्षक कृष्ण प्रसाद काफलेले तालिम उपयोगी र उपलब्धिमुलक भएको हुदां शिक्षक शिक्षिकाहरुलाई कक्षाकोठामा अध्यापन गराउदा पर्ने समस्याको पहिचानको समाधान गर्न तालिमले निकै सहयोग बताउनुभएको थियो ।
तालिममा गणित, नेपाली, अङग्रेजी, बिज्ञान, सामाजिक लगायतका बिषयहरुमा तालिम दिईएको थियो भने सम्पुर्ण सहभागिहरुलाई हब प्रमुख तथा वामीकेन्दका स्रोत ब्यक्ति टंकनाथ भण्डारीले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्न आग्रह गर्दे सहभागिहरुलाई तालिम अबधिभर निकै सक्रियता र चासो अनुशासन भई सहभागि भएकोमा धन्यवाद दिदै परियोजना कार्य बनाउन र अनुगमन गर्ने समेत जानकारी गराउनुभएको थियो ।
तालिम रोष्टर प्रशिक्षक देबीराम शर्मा, टिकाराम खराल, रमेशचन्द्र खरेल, बिष्णुप्रसाद खरेल, तुल्सिराम घिमिरे लगायतले बिभिन्न बिषयमा तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा वामीस्रोत केन्द्रअन्र्तगतका गा.बि.स.हरु वामी, पौदीअमराई, कुर्घा, अर्लाङकोट गरी ४ वटा गा.बि.स. भित्रका बिद्यालयहरुका २५ जना प्र.अ. एबम शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम हब प्रमुख तथा वामीकेन्दका स्रोत ब्यक्ति टंकनाथ भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग