Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा २ को मृत्‍यु, १२ घाइते

Published on 8:46:00 AM //


तानसेन-तम्घास सडक खण्ड अन्तर्गत पाल्पाको बौघापोखराथोक गाविस वडा नं. ५ गाइघाट भन्ने ठाउँमा शुक्रबार विहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रयास असफलः दुर्घटनाका घाइते लालबहादुर थापाको
तानसेन लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै ।
तर उनको केहीबेरमै मृत्यु भयो ।
फोटो: टेक नारायण भट्टराई 
बिहान करिव सवा १० बजे भएको दुर्घटनामा जिपका सहचालक गुल्मी भनभनेका करिब १९ बर्षिय प्रकाश पोख्रेलको घटनास्थलमै र दर्लिङ गुल्मीका १९ वर्षीय लाल बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरु घाईतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईतेमध्ये धुर्कोट रजस्थल गाविस वडा नम्वर ९ का २४ वर्षका चालक प्रकास भण्डारी, कालिदत्त गुल्म तम्घासमा कार्यरत सिपाही कुल वहादुर विक, ग्वादी गाविस २ का ३० वर्षीय कमला थापा र सोही स्थानका ३७ वर्षीय वीर वहादुर थापाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग