Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिडियो: फिन्ल्यान्डमा एनआरएनको च्यारिटी डिनर तथा दोहोरी कार्यक्रम

Published on 12:11:00 AM //

गैर-आवासीय नेपाली संघ, फिन्ल्यान्डले हिजो (अप्रिल २८) शनिबार हेल्सिन्कीमा च्यारिटी डिनर तथा लोकदोहोरी कार्यक्रम सम्पन्न गरेको छ । एनआरएन फिन्ल्यान्डद्वारा सन्चालित परियोजनाहरुको लागि रकम सङ्कलन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाली खानाको स्वादका साथै लोक-दोहोरी घम्साघम्सीले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । हेल्सिन्की काईसानियमी स्थित लालीगुराँस रेष्टुरेन्टमा बेलुकी ५ बजे देखी साढे ९ बजे सम्म चलेको उक्त कार्यक्रमबाट उठेको रकम नेपालमा अपाङ्गबालबालिकाको सिप बिकासमा तथा घ्युकुमारी अनी सजीवन कृषकहरुलाई सहयोग गरिने एनआरएन फिन्ल्यान्डले जनाएको छ । कार्यक्रमका सहभागीहरुलाई २५ युरो शुल्क तोकिएको थियो भने विद्यार्थी सहुलियत शुल्क २० युरो रहेको थियो । त्यसैगरी दम्पतीको लागि ४० युरो अनी बालबच्चाको लागि १५ युरो तोकिएको थियो । कार्यक्रममा फिन्ल्यान्डमा बसोबास गरिरहेका विद्यार्थी, ब्यापारी, कामदार तथा उनिहरुको परिवारको उल्यख्य उपस्थिती रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग