Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बगर समेत घडेरीमा बिक्री

Published on 7:16:00 PM //


एलबी थापा
प्यूठानमा घरघडेरीका लागि खोला छेउका बगर समेत बिक्री हुन थालेको छ । प्यूठान–भालुवाङ्ग मोटरबाटो कालोपत्रे भएपछि व्यापारिक केन्द्र बिजुवार, बाग्दुला, धर्मावती क्षेत्रका बगरहरु समेत बिक्री हुन थालेको हो ।

हिजोआज यस क्षेत्रका खोला छेउका जग्गाहरु समेत एक हातको ७० हजारदेखि ८० हजार सम्ममा बिक्रि भएका छन् । बर्षातको बेला बाढी लागेर खेती नहुने जमिन समेत बिक्री हुन थालेपछि जग्गाधनीहरु खुशी भएका छन् । ‘वर्षनी खोलाले पुर्ने वगर बिक्री होला भनेर सोचेकै थिइन’ स्थानीय दामोदर गौतमले भन्नुभयो, ‘दस पाथि धान नहुने बगर खेत बिक्री गर्दा २१ लाख रुपैयाँ आयो’
सडक कालोपत्रेसँगै नगरपालिका समेत बन्ने हल्लाले जग्गाको मूल्य आकासिएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य विश्वकर्माले बताउनुभयो । गाउँगाउँबाट सुबिधा खोज्नेहरु शहर झर्न थालेपछि घडेरीको माग धेरै भएकाले बगरको मूल्य समेत बढेको स्थानीयवासीको भनाई छ ।
यस क्षेत्रमा प्यूठानबाहेक छिमेकी रोल्पा, गुल्मी, अर्घाखाँचीबाट समेत घडेरी किन्नेहरु आएका छन् । हिजोआज बिजुवार खेलकुद मैदान क्षेत्रका बगर र जुम्रीखोला किनारमा घडेरी किन्दै धमाधम घर बनाउनेको लहर चलेको छ । सडक कालोपत्रे भएको र लोडसेडिङ नहुने भएकाले यस क्षेत्रमा मानिसहररुको आकर्षण बढेको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग