Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीलाई दुर्व्यवहार गर्ने विदेशी खेलाडी पक्राउ

Published on 7:12:00 PM //


बन्दको प्रचार गर्ने पनि समातिए-
काठमाडौं, वैशाख २ (नागरिक)- रङ्गशालामा भइरहेको ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगिताका क्रममा प्रहरीमाथि दुर्व्यवहार गर्ने विदेशी खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्कटा क्लबका अफ्रिकन मूलका खेलाडी २८ वर्षीय लिमिडामी र १८ वर्षीय पाभिसले मादक पदार्थ सेवन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई सवा ३ बजे पक्राउ गरिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले बुलेटिनमार्फत् जानकारी दिएको छ।

बन्दको प्रचार गर्नेहरु पक्राउ
यसैगरी वैशाख ३, ४ र ५ गतेको बन्द सफल पारौं भनी कोटेश्वर क्षेत्रमा वा.१ ज ५८३ नम्बरको ट्याक्सीमा प्रचार प्रसार गर्दै हिँडिरहेका संयुक्त जनमुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश पहरीसहित ५ जनालाई उक्त ट्याक्सीसहित प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि उसले जनाएको छ।
नागरिकन्युज डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग