Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय स्वागत तथा भर्ना कार्यक्रम शुरु

Published on 10:50:00 AM //


रेडियो रेसुङ्गा
सरकारले गत केही वर्षदेखि वालवालिका विद्यालय भर्ना अभियानलाई तिव्र पारेपनि गुल्मी जिल्लामा २ हजार भन्दा वढी वालवालिकाहरु विद्यालयको पहुँच भन्दा वाहिर रहेको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेको छ। आज जिल्ला शिक्षा कार्यालयले एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो। यसरी विद्यालयको पहुँच भन्दा वाहिर रहेका विद्यालय उमेरका वालवालिकाहरुमा विशेष गरी दलित र सिमान्तकृत समुदायमा रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्यालले जानकारी दिनुभयो। सिमान्तकृत जाती वोटे समुदायको अति वाहुल्यता रहेको स्थान गुल्मीको वम्घा गाविसमा भोली नै पुगेर अन्तरकृया कार्यक्रम गरिने र ती समुदायका वालवालिकाहरुलाई विद्यालय भर्ना एवं स्वागत कार्यक्रमको आयोजना गरिएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले वताउनुभयो। उनीहरुलाई विद्यालयसम्म आउनका लागि प्रोत्साहित गर्न नियमित छात्रवृति प्रदान गरिनुका साथै ९ सय ५० रुपैयाँ वरावरको विद्यालय पोशाक र अन्य शैक्षिक सामाग्री प्रदान गरिने पनि उहाँले जानकारी गराउनुभयो।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग