Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा नेपाली आमाको निधन

Published on 6:39:00 PM //


देबेन्द्र साम्बाहाम्फे
सोल (दक्षिण कोरिया), वैशाख १४ - कोरियामा रहेका नेपालीहरुको आमाको रुपमा चिनिएकी ली कुम ह्यमको सोल विश्वविद्यालयको अस्पतालमा उपचार हुँदा हुँदै बिहीबार बिहान ६५ बर्षको उमेरमा निधन भएको छ ।

बिगत पन्ध्र बर्षअघि सोल जेाङगाकमा आश्रय गृह (छाबे चिब) स्थापना गरि कोरियामा रहेका  नेपालीहरुको सुख दुखमा सहभागि हुदै र अभिभावक बन्दै आएकी ह्यनको निधनले यहाँ रहेका  नेपालीहरु स्तब्ध भएका छन् । उनी बिगत लामो समयदेखि जण्डिस रोगले पीडित थिइन् । आउँदो  शनिबार बिहान बौद्ध परम्परा अनुसार हुने ह्यनका् अन्त्येष्टिमा ब्यापक सहभागिता जुटाउन नेपाली संस्थाहरुले आआफ्नो तर्फबाट ब्यापक पहल गरिरहेका छन् ।

कैयौँ पल्ट नेपाल यात्रा गरेकी ह्यनले कोरियाली समाजमा बुद्धको जन्मस्थल नेपाल हो भनेर प्रचार गरेकी थिइन् । उनको यो योगदानलाई कादर गर्दै रुपन्देही सम्पर्क समिति कोरियाले यस बर्षको गौतम बुद्ध अवार्ड समेत गत जनवरीमा प्रदान गरेको थियो ।
ईकान्तिपुर डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग