Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फुटबलमा शुट होईन गोल गनिन्छ

Published on 9:40:00 AM //

लिल बहादुर तामाङ 
फुटबल पारखिहरु मंगलबार राती एक सुन्दर अनि अतभुद खेलको अनुभव गर्ने अवसर पाए । फुटबल जगतमा बिगत तीन बर्ष देखी अजयी झै स्थापित डिफेण्डिङ च्याम्पिएन बार्सिलोनालाई खराब फोर्मबाट गुज्रिरहेको टिम चेल्सिले २-२ गोलको बराबरीमा रोकी समग्रम ३-२ को नतिजा सहित युरोपिएन चम्पिएन्स लिगको फाइनल प्रबेश गर्‍यो । मंगलवार राती बर्षालोनाको घर निउक्यम्प्मा भएको रोमान्चकारी खेलमा थपिएको समयको अन्तिम सेकेन्डतिर डिडिएर ड्रोग्बाको ठाउँमा आएका फर्नन्डो टोरेसको लोभलाग्दो गोलसँगै चेल्सिले फाइनल स्थान पक्का गरेको हो । अब चेल्सी बायन म्युनिखसँग उपाधिको लागी आगामी मे १९ मा म्युनिखमा भिड्ने छन्, म्युनिख हिजो राती सम्पन्न खेलमा रियल मड्रिडलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै उता बार्सिलोना तीन बर्ष यता पहिलो चोटी एकै हफ्ता लगातर तीन गेममा जित रहित हुन बाध्य भयो । गत हप्ता बार्सिलोना नै चेल्सी सँग १-०, यही सप्तहन्त चिरपरिचित प्रतिद्ध्न्ती रिएल म्याड्रिडसँग २-१ को हार ब्यहोरेको थियो । लियोनिअल मेसी, ज्याभी जस्ता विश्वका उत्कृष्ट खेलाडीहरुको धनी तथा गत बर्षको च्याम्पिएन बार्सिलोनाको यो प्रतियोगिताबाट बहिरिनु र उनिहरुको हालको फर्मलाई लिएर फुटबल पन्डितहरु प्रश्न गर्न थालेको छन कि अब साँच्चै बार्साको युग अन्त भएकै हो त ? के उनिहरुको खेल्ने रणनीती परिवर्तन आउन नसकेकै हो त ? यो प्रश्न केहि बेर फुटवल बजारमा चलिनै रहने छ । तर चेल्सी र बार्साका यि दुई खेल हेरी यो चाँही निश्चित भन्न सकिन्छ कि फुटबलमा सुन्दर पास र प्रहारहरु मात्र भएर पुग्दैन, जित्नको लागि त गोल नै हान्नुपर्छ ।
यो लेख लेखिरहदा मलाई नेपाली राष्ट्रिय फुट्बल टिमका निवर्तमन प्रशिक्षक तथा टोटनेहामका पूर्वकप्तान ग्राहम रोवर्ट्सको भन्नाई सान्दर्भिक लागिरहेको छ । उनले साफ प्रतियोगिताका दौरानमा भनेका थिए "गोल नगरि टिम जित्दैन, जित्नको लागि गोल चाहिन्छ ।" हो जित्नको लागि गोल नै चाहिन्छ । खेल मा गोल गर्न राम्रो पास, सकभर बढी बल आफ्नो काबुमा राख्नु, अनि पोस्ट आक्रमण गर्नु जरुरी छ, तर ति सबैको बाबजुद जब सम्म बलले जाली चुम्दैन ति सबै बेकामको हुन्छ । हो यही नै भयो मंगलवार चेल्सी र बार्सिलोना बिचको खेल । बार्साको खेल्ने शैली यही हो, छोटो पास तथा धेरै पास खेलेर, बललाई धेरै समय आफ्नो पकटमा राखेर, बिपक्षलाई प्रेसरमा राखेर खेल्नु बार्साको बिशेषता अनि रणनिती हो । तर बार्साकै प्रशिक्षक पेप गाइडिओलाका अनुसार रणनितिले खेल जिताउदैन । पहिलो लेगमा चेल्सीसँग हारेपछी उनले भनेका थिए, "रणनितिले खेल तिम्रो जिताउदैन ।" र त्यही भयो अन्तमा । चेल्सिको बलियो रक्षात्मक कला सामु उनको रणनिती फिक्का रह्यो । खेल दौरान ७८% भन्दा बढी बल पोसेसन आफ्नो पकटमा राखी सुन्दर खेल प्रस्तुत गरेता पनि दर्जनौ प्रहारहरु खेर जाँदा उ फाइनल पुग्न सकेन । बार्सिलोनाले चेल्सिसँग दुइ खेलमा ४७ पटक पोस्टमा आक्रमण गरेकोमा १२ वटा टार्गेट्मा थियो र जम्मा दुई वटामात्र गोलमा परिणत भए भने चेल्सिले जम्मा ११ आक्रमण गरेकोमा ४ वटा टार्गेटमा थिए र तीनवटा गोलमा परिणत गराउन सफल भए । यस्तै खेलमा कस्ले कतिको राम्रो र सुन्दर पास खेल्यो भन्नेसँग नतिजाको केहि अर्थ रँहदैन अनि जित बिना सुन्दर पास, पोसेसन होल्डका केहि अर्थ रहँदैन किनकी फुटबल जित्नको लागि खेलिन्छ । बार्साले चेल्सिको भन्दा उत्कृष्ट पास खेले । मिड्फिल्डर ज्याभिले मात्र १६९ वटा पास खेले जुन उनका सहकर्मी मेसी र ईनेस्टाको भन्दा दोब्बर हो । अझ खेलको पहिलो हाल्फमा त ज्याभिले पुरै चेल्सी टिमको (६९) भन्दा ८ वटा (६१) पास खेले तर ति पासहरुले टिमको लागी आबश्यक गोल गराउन सकेन । अन्तत, फुट्बल खेलमा गोल गर्ने आधार नै सशक्त पास, बलमा बढी आफ्नो पकट राख्न सक्नु हुन्, तर जब सम्म गोल गर्न सकिँदैन ति सुन्दर पास, शक्तिशली प्रहारहरु गौण हुन्छन । तसर्थ, फुट्बलमा शुट, होईन गोल गनिन्छ । मंगलवार रातको चेल्सी र बार्सा बिचको खेलले यही बताउँछ ।
(तामाङ खेलकुदमा चासो राख्ने र हाल फिन्ल्यान्डमा सुचना र प्रबिधी अध्ययनरत युवा हुन, उनले यही लेख मार्फत गुल्मीन्युजमा अतिथी कलम चलाऊन सुरु गरेका छन । )

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग