Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उच्च माविमा मानवअधिकार प्रशिक्षण सम्पन्न

Published on 7:09:00 PM //



नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६९ वैशाख १२ गते अर्जै उच्च माविमा शैक्षिक संस्थामा मानवअधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले मानवअधिकारको विकासक्रम र संयुक्तराष्ट्रसंघिय संयन्त्रबारे र इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले मानवअधिकार, नागरिक शिक्षा र राष्ट्रिय युवा नीतिको बारेमा सहजिकरण गरे ।
कार्यक्रमका सहभागीहरुले मानवअधिकार प्रशिक्षण कार्याक्रमले आफुहरुमा कोरा कितावि ज्ञानका अतिरिक्त अधिकार, कर्तव्य र सामाजिक न्यायका बारेमा सूसूचित हुने अवसर प्राप्त भएको धारणा रख्दै आगामि दिनमा कार्यक्रमलाई थप समय दिएर मानवअधिकार र सामाजिक न्यायका अन्य आयामहरुबारे पनि प्रशिक्षण सञ्चालन गर्न आग्रह गरे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग