Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामिमा पनि आगलागी, १ बङ्गला जलेर नष्ट

Published on 6:58:00 PM //

गुल्मीको वामिमा बुधवार दिउँसो लागेको आगोबाट १ बङ्गला जलेर नष्ट भएको छ । वामी गाविस वडा नं. ६ स्थित ऋतु रायमाझीको बङ्गलामा आगो लाग्दा करीब १ लाख ५० हजार बराबरको धनमालको क्षती भएको छ । आगो मानसिक असन्तुलन भएकी ऋतुकी नन्दले लगाएको हुनसक्ने स्थानियले अनुमान गरेका छन । आगोबाट बङ्गलामा रहेका भाँडाकुँडा, लत्ताकपडा र अन्य सामाग्रीहरु जलेर नष्ट भए पनि मानव क्षती भने भएको छैन । यसअघि गत आईतवार र सोमबार पनि गुल्मीकै अर्खले र ठुलोलुम्पेकमा आगलागी हुँदा ३ वटा घर र ४ वटा गोठ जलेर नष्ट भएका थिए भने हिजो राती धुर्कोट रजस्थलमा लागेको आगोबाट १ घर र २ गोठ जलेर नष्ट भएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग