Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा नेपाली चलचित्र “श्रीमान” को प्रदर्शन

Published on 9:35:00 AM //

लालबहादुर ढेंगा, दुबई,
नयां बर्ष २०६९ को पूर्वसन्ध्याको अवसरमा भएको एक सांगीतिक कार्यक्रममा भाग लिन दुबईमा आएकी पूजना प्रधान (स्त्री) को दुबईको रंगीविरंगी मनोरम पार्क र विश्वको अग्लो बुर्ज खलिफा टावरलाई समेट्दै विगत केही दिनदेखि आशिष पुरुषका साथ एउटा रिमिक्स म्युजिक भिडियोको सुटिङमा व्यस्त देखिन्छिन् ।
 व्यस्तताको बावजुद पनि आफैले नायिकाको भूमिका खेलेको पारिवारिक चलचित्र “श्रीमान” को हिजो २६ अप्रिल बिहीबारका दिन दुबईको एभरेष्ट होटलमा प्रदर्शन गरेको छ । कल्याण घिमिरेद्धारा निर्मित पारिवारिक चलचित्र “श्रीमान” को निर्देशक नवल नेपाल रहेको छ भने संगीत महेश खड्काले दिएको छ । नायकको भूमिकामा पुष्पराज पुरुष र कल्याण घिमिरे रहेको चलचित्रको मुख्य नायिका पूजना प्रधान (स्त्री) रहेकी छिन् ।
साथमा निर शाह र सुनिल थापा पनि रहेको छ । नेपालमा निकै चर्चित हुनुका साथै पब्लिक च्वाइस अवार्ड जित्न समेत सफल भएको थियो । सो अवसरमा नेपालबाट आउनु भएका नायक तथा निर्माता नवल खड्का पनि उपस्थित रहनु भएको थियो । दर्शकको रुपमा प्रायजसो कार्यक्रमहरुमा देखिने उच्च लेवलका व्यक्तिहरु मात्र देखिएका थिए । सधै टेलिभिजन र भिडियोमा मात्र नेपाली चलचित्र हेर्न बानी बसेका युएईका दर्शकहरुले ठूलो पर्दामा प्रत्यक्ष हेर्न पाउंदा निकै फरक मैसुश गरेका थिए ।
दुबईको सिनेमा हलमा देखाउनका लागि युएईका कानुन र प्रक्रिया पु¥याउन परेको हुनाले होटलको सभाहलमा देखाउन व्यावस्था गरिएको थियो । जय लामाद्धारा निर्देशित दुबईको सेरोफेरोमा छायाकंन गरिएको नेपालीहरुको आधारमा बनेको “भरोसा” लघु फिल्म पनि सोही अवसरमा देखाइएको थियो । ड्यूटीको बावजुद पनि आफ्नो लगानी र प्रयासमा बनाएको लघु फिल्म निकै रोचक लागेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग