Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशबाट फर्केका महिलालाई तालिम

Published on 8:25:00 AM //

मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले गुल्मी जिल्लाबाट रोजगारीका लागि विदेश पुगरे फर्केका महिलाहरुका लागि तिन दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।
युरोपिआप्रवासी कामदारहरुको अधिकार संरक्षण, उनीहरुको संगठन, क्षमता अभिबृद्धि, लगायतका क्षेत्रमा काम गर्दै आएको फोरमले रोजगारीका लागि जानेहरुलाई विदेशमा जानु पूर्व गर्नु पर्ने कार्य, जान्नु पर्ने कुराहरु, आफु जाने देशका नीति नियम, कानुनी प्रकृया लगायतका बारेमा जानकारी गराएको थियो । त्यस्तै विदेश पुगेर फर्केकाहरुलाई त्यहा काम गर्दा आईपर्ने समस्या, कानुनी अप्ठ्यारा, समाधानका उपाय, नेपालबाट हुन सक्ने पहल, क्षतिपूर्तिका प्रकृया लगायतका बारेमा तालिम प्रदान गरेको थियो । बुधवार सकिएको तिन दिने तालिममा विदेश पुगेर फर्केका २६ महिलाहरु सहभागि भएको पिपुल फोरमका अध्यक्ष सोम लुर्इटेलले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग