Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विवादित विषयमा गोप्य सहमति भएको छः मन्त्री रायमाझी

Published on 8:28:00 AM //

स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले शासकीय स्वरुप र सङ्घीयताका विषयमा दलहरूबीच गोप्य सहमति भइसकेको खुलासा गरेका छन् ।

    जनज्योती क्याम्पस पूर्कोटदह गुल्मीको चौथो वाषिर्कोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै रायमाझीले संविधान निर्माणका लागि बाहिर नमिलेजस्तो देखिएको शासकीय स्वरुप र सङ्घीयताको कुरा हो, भित्रिरुपमा सबै सहमति भइसकेको बताएका छन् ।
 
    मन्त्री रायमाझीले वर्तमान सरकारले नै संविधान जारी गर्ने दाबी गरे ।

    कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले देशको शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेपले अस्तव्यस्त भएकाले त्यसको अन्त्यका लागि आˆनो पार्टीले पहल गर्ने बताए । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग