Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १३ पुग्यो (भिडियोहरु सहित)

Published on 6:56:00 PM //


अपडेट ५:४५: २३ वैशाख, पोखरा । कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ ।

केहिबेर अघि घटनास्थल पुगेर फर्किएका पत्रकार त्रिभुवन पौडेलका अनुसार खारापानी बजार पुरै बगाएको छ । त्यहाँ करिव ३० मिटर लेदो माटो थुपि्रएको छ । बस्तीको कुनै नाम निसाना छैन भने त्यहाँ बस्दै आएकाहरु बेपत्ता छन् । टिकट काटेर तातोपानीमा डुब्न गएका करिव ३० जना हराएको अनुमान गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी, पश्चिम क्षेत्रीय पृतनापति तथा सशस्त्र र जनपथ प्रहरीका डीआईजीसहितको टोलीले अपराहृन हेलिकोप्टरमार्फत खारापानीसहित सेती नदी आसपासका बस्तीहरुको निरीक्षण गरेको थियो । सोही टोलीमा रहेका पत्रकार पौडेलका अनुसार नदी किनारमा कहीँ पनि बस्ती र त्यसका अबशेष देखिएन । नदी किनारमा कुन-कुन बस्ती थिए र कति मानिसको बसोबास गर्थे भन्ने टोलीले यकिन गर्न सकेन । पुरिएको खारापानी बजारमा थुपि्रएको लेदोमाटो फाल्न स्काभेटर लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ । सबै स्थिति हेर्दा ५० भन्दा बढी मानिस बेपत्ता भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
हेरौँ भिडियो:

टोलीले अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा कुनै ताल फुटेको नपाएपछि हिमपहिरो नै गएर नै नदीमा बाढी आएको ठहर गरेको छ । यसबारे थप जानकारी दिन टोलीले पत्रकार सम्मेलन गर्दैछ ।

पहिरोमा परि बगाएका तीन जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । जीवितै उद्धार गरिएकाहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ हिमपहिरोले चारवटा ट्रक समेत वगाएको छ भने स्याङ्जावाट बनभोजका लागि आएको बसपनि वाढीले वगाएको प्रहरीले जनाएको छ । बसमा रहेका केही पुलमा भेटिएको बताइएको छ ।

सेती नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको पहलमा उद्दार कार्य जारी छ । नेपाली सेनाको लन्चरसहितको २ र मुक्ति एयरलाइन्सको हेलिकोप्टर उद्धारमा जुटेको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार सेनाको टोली उद्धार कार्यमा जुटेको छ ।

हेरौँ यो अर्को भिडियो पनि:
बाढी आउँदैछ भन्ने कसरी थाहा भयो ?

सेती नदीमा बाढी नआउँदै पोखराका बासिन्दाल लौ बाढी आउँदैछ भनेर अत्तालिए । यता र उता भागदौड र हारगुहार गरे । सबै चनाखो बने । नदी आसपासमा रहेका बासिन्दा सुरक्षित ठाउँतिर दौडिए । आखिर सेतीमा बाढी आउँदैछ भन्ने कुरा कसरी थाहा भयो होला त ?

पोखरा विमानस्थल कार्यालयका बरिष्ठ अधिकृत अनुप जोशीका अनुसार पोखरातर्फ आउँदै गरेको जहाजले माछापुच्छ्रे हिमालको फेदीबाट हिमनदी बगेको र त्यो सेती नदीमा बाढीको रुपमा अघि बढ्दै गरेको खबर गरे । त्यसपछि विमानस्थल कार्यालयले सञ्चारमाध्यमलाई खबर गरेपछि मात्रै यसबारे अगि्रम जानकारी भएको हो । ठूलो आवाज र रुख तथा काठपात बगाउँदै बगेको बाढीमा पानी भन्दा बढी लेदो र माटो देखिएको छ ।
थप जानकारी तथा समाचार:
हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १३ पुग्यो
अन्लाईनखबर डट कम र नागरिकन्युज डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग