Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा द्वन्द व्यवस्थापन तालीम

Published on 9:11:00 PM //


जनार्दन घिमिरे
स्थानीय तहमा उत्पन्न द्वन्द न्यूनिकरणकालागि संचालीन द्वन्द व्यवस्थापन सम्वन्धि दुई दिने मध्यस्थता तालीम आज गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । समितिका पदाधिकारीहरुलाई लक्षीत गरि स्थानीय शान्ति समिति गुल्मीको आयोजनामा संचालीत उक्त तालीममा स्थानीय शान्ति समितिको काम कर्तव्य र अधिकार, समस्या र चुनौतीहरु, मध्यस्थता, त्यसको भूमिका र दिगो शान्ति स्थापनाका लागि गर्नु पर्ने कामहरुका वारेमा जानकारी गराईएको थियो ।
तालीममा द्वन्द विश्लेषक परशुराम घिमिरेले द्वन्दलाई न्यूनिकरण गर्नमा स्थानीय शान्ति समितिको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीय तहवाट नै द्वन्दलाई व्यवस्थापन गर्न सकेमा दिगो शान्ति निर्माणमा सघाउ पुग्ने धारणा व्यक्त गर्नु भएको थियो । स्थानीय शान्ति समितिका संयोजक टोमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जिल्ला स्थित स्थानीय शान्ति समितिका पुर्व संयोजकहरु युवराज केसी, जीवन राना लगायत समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको स्थानीय शान्ति समिति गुल्मीकि सचिव अनिता ज्ञवालीले संचालन गर्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग